coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

अष्ट्रियामा परम्परा व्याण्ड

काठमाडौं – रैथाने संगीत प्रवर्द्धनमा सक्रिय नेपाली सांगीतिक व्याण्ड ‘परम्परा’ले आउँदो साता अष्ट्रियामा मौलिक लोकधुन सुनाउने भएको छ। उसले मार्च २१ देखि २६ सम्म आयोजना हुने ‘वल्ड वुड डे’मा प्रस्तुति दिनेछ।

त्यसका लागि व्याण्डका बुद्ध लामा, शम्भु बानियाँ, पारसमणि सुवेदी, धर्म गन्धर्व, रवी आचार्य र झुमा लिम्बू सोमबार काठमाडौंबाट त्यता उड्दैछन्। त्यहाँ उनीहरूले ११ वटा लोक धुन पस्किने तयारी गरेका छन्।   

अमेरिकी संस्था इन्टरनेशनल वुड कल्चरल सोसाइटीले हरेक वर्ष बेग्लाबेग्लै देशमा यस्तो कार्यक्रम चलाउँछ। वातावरण संरक्षणको सञ्देश दिने कार्यक्रममा काष्ठकलाको प्रदर्शनी गरिन्छ। साथै काठबाट बनेका बाजाको प्रस्तुति गरिन्छ। गत वर्ष कम्बोडियामा भएको वल्ड वुड डेमा पनि परम्परा व्याण्ड सहभागी भएको थियो। सन् २०१५ मा खुलेको व्याण्ड मौलिक संगीतको प्रवद्र्धन र विकासमा क्रियाशील हुँदै आएको छ।

प्रकाशित: २ चैत्र २०७५ ०३:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App