राउतसँगको सम्झौता राष्ट्र हितविपरीत : थापा

शनिबार, ०२ चैत २०७५, ०८ : ०५ नागरिक

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले सिके राउतसँग गरेको सम्झौता राष्ट्र हितविपरीत र द्वैध अर्थ लाग्ने भएको आरोप लगाएका छन्। १८ दिनअघि ताप्लेजुङबाट सो पार्टीले सुरु गरेको मेची–महाकाली स्वाभिमान यात्राको शुक्रबार काठमााडौंमा समापन गर्दै थापाले सरकार र राउतबीच भएको सम्झौता शंकास्पद भएको आरोप लगाए।

गलत राजनीतिक अभ्यासका कारण मुलुकमा विखण्डनकारी मुद्दाले प्रवेश पाएको बताउँदै थापाले भने, ‘यसअघि कहिले पनि विखण्डनकारी मुद्दाले प्रवेश पाएन। अधिकारको मुद्दा आउँथ्यो तर पछिल्लो १२ वर्षमा गलत राजनीतिक अभ्यासका कारण विखण्डनकारी मुद्दाले प्रवेश पाएको छ।’ भ्रष्टाचार रोक्छु भन्ने प्रधानमन्त्रीको नारा हावादारी साबित भएको ठोकुवा गर्दै उनले भने, ‘प्रधामन्त्रीज्यू सक्नु हुन्छ भने वाइड बडी कान्ड, एनसेल कान्ड र सुन कान्डका दोषीलाई पक्राउ गरेर देखाउनु होस्। अनि नेपाली जनताले तपाईंको जय–जयकार गर्नेछन्।’

‘प्रधानमन्त्रीज्यूले विप्लव समूहलाई लुटेराहरूको संस्था हो भन्नुभयो। विप्लव लुटेरा हुन् कि होइनन् मलाई थाहा भएन तर लुटेराहरू बालुवाटारमै बसेका छन्। सक्नु हुन्छ भने तपाईंले उनीहरूलाई पक्राउ गरेर देखाउनु होस्।’

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको विषयमा उनले भने, ‘प्रधानमन्त्रीज्यूले विप्लव समूहलाई लुटेराहरूको संस्था हो भन्नुभयो। विप्लव लुटेरा हुन् कि होइनन् मलाई थाहा भएन तर लुटेराहरू बालुवाटारमै बसेका छन्। सक्नु हुन्छ भने तपाईंले उनीहरूलाई पक्राउ गरेर देखाउनु होस्।’ हिन्दु राष्ट्र पुनस्र्थापना गर्ने माग सरकारले तत्काल सम्बोधन नगरे मुलुकमा ‘महाभारत युद्ध’ सुरु हुने चेतावनी दिँदै थापाले भने, ‘पाँच पाण्डवको माग पूरा नगर्दा महाभारत युद्ध सुरु भएजस्तै हाम्रो पार्टीको माग सरकारले तत्काल पूरा नगरे मुलुकमा अर्को युद्ध सुरु हुनेछ।’

पार्टी वरिष्ठ नेता बुद्धिमान तामाङले मुलुकमा सिर्जना भएका प्रवृत्तिको अन्यका लागि आफ्नो राष्ट्रिय स्वाभिमान यात्रा सुरु गरिएको बताए। राप्रपाले जनतालाई जागरुक बनाउने अभियान सुरु गरेको र यो अभियान कुनै धर्म, सम्प्रदायविरुद्ध नभएर समधर्म र राष्ट्रिय अखण्डताको संकल्पका लागि भएको उनले बताए।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले...

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवमको"  साथमा, चाँदीको...

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर...

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । ...

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । ...

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ । ...

Ncell Footer Ad