coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नागरिकता आफैं सच्याए ६ महिना कैद

काठमाडौं – नागरिकता आफूखुसी सच्याए बढीमा ६ महिनासम्म कैद सजाय हुने भएको छ। प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको शुक्रबार बसेको बैठकमा नागरिकतामा जिल्ला प्रशासन कार्यालयले उल्लेख गरेको विवरणबाहेक व्यक्तिले कुनै कुरा थपघट गरेमा ३ देखि ६ महिना कैद र १० देखि ५० हजार रुपैयाँ जरिवाना गर्ने विषयमा सहमति भएको हो।

समितिले कसैले झुटो विवरण पेस गरे कति कारबाही गर्ने भन्ने विषयमा बिहीबार भएको सहमति उल्टाएको छ। कुनै महिलाले आफ्नो भइरहेको पतिलाई छैन भनी बताएमा वा विदेशीसँग विवाह भए पनि नभएको स्वघोषणा गरेमा ३ वर्षदेखि ५ वर्ष जेल सयाज र ३ लाखदेखि पाँच लाख रुपैयाँ जरिवाना तोक्ने विषयमा बिहीबार सहमति भएको थियो। तर शुक्रबार त्यो सहमतिमा सांसदले नै प्रश्न उठाए।

सांसद् यशोदा गुरुङ सुवेदीले गर्भ बोकाएर पालनपोषण नगर्ने बाबुले झुटा विवरण दिएमा पनि कडा कारबाही हुनुपर्ने बताइन्। सांसद् रेखा शर्माले फाइदा पाउने भए मात्र आफ्नो छोराछोरी दाबी गर्ने बाबुलाई पनि कारबाहीको व्यवस्था गर्नुपर्ने बताइन्। स्वघोषणा गरेर नागरिकता प्राप्त गरेपछि झुटो भनी सजाय पाएमा उसले लिएको नागरिकता स्वतः रद्द हुनेमा समितिमा सहमति छ तर स्वघोषणा गर्ने स्वदेशी र विदेशीलाई फरकफरक सजाय हुने कुरा उठेपछि समितिले निर्णय र्न सकेन।

गृहसचिव प्रेमकुमार राईले न्यायको सिद्धान्तबमोजिम उही विषयमा कानुनी कारबाही गर्दा स्वदेशीलाई र विदेशीलाई फरकफरक सजाय हुन्छ वा हुँदैन यसमा थप छलफल गर्नुपर्ने प्रस्ताव गरेका थिए। त्यसपछि यो विषयको छलफल स्थगित भएका थियोे। यसैगरी कुनै पनि व्यक्तिले नेपाली नागरिकताको एकभन्दा बढी प्रमाणपत्र लिएमा त्यस्तो व्यक्तिलाई कति सजाय दिने भन्ने विषयमा पनि समितिले निर्णय गर्न सकेन। सांसद वृजेशकुमार गुप्ताले सार्वजनिक पद धारण गरेको व्यक्तिले दुईवटा नागरिकता लिएमा े दोब्बर सजाय हुने व्यवस्था राख्न प्रस्ताव गरेका थिए। उनको प्रस्तावलाई अमरेशकुमार सिंहले पनि साथ दिएका थिए।

प्रकाशित: २ चैत्र २०७५ ०१:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App