८ वैशाख २०८१ शनिबार
समाज

छुवाछुत हटाउन मेची–महाकाली पदयात्रा

काठमाडौं – जातीय विभेद तथा छुवाछुतको व्यवहारिक अन्त्यका लागि दुई युवकले शुक्रबारदेखि नेपाल पदयात्रा २०७५ सुरु गरेका छन्। अशोक दर्नाल र होमराज आचार्यले पश्चिम महाकालीबाट पदयात्रा सुरु गरेका हुन्। उनीहरूले महाकालीदेखि मेचीसम्म पदयात्रा गर्ने बताएका छन्। पदयात्रा क्रममा ७७ मध्ये ६५ जिल्ला पुग्ने योजना उनीहरुले बनाएका छन्। यस क्रममा चार सय ठाउँमा अन्तरक्रिया, दुई सय स्कुल तथा कलेजमा भेटघाट गर्ने कार्यक्रम उनीहरुले तय गरेका छन्। पदयात्रामा सहभागी आचार्यले दैनिक हिँडेर आफूहरुले मेची–महाकाली यात्रा गर्ने बताए।

व्यक्तिगत स्रोतसाधनबाट यात्रा सुरु गर्न लागेका उनीहरूले दैनिक २५ देखि ३० किलोमिटरका दरले हिँड्ने बताए। अर्का पदयात्री दर्नालले छुवाछुतलाई व्यवहारिक अन्त्यका लागि आफूहरुले पदयात्रा सुरु गर्न लागेको जानकारी दिए। पदयात्रा क्रममा गाउँठाउँमा पुगी सरोकारवालासँग अन्तरक्रिया गर्ने पनि उनले बताए। सरकारले कानुनी रुपमा जातीय भेदभाव र छुवाछुत अन्त्य गरिसके पनि व्यवहारमा आउन सकेको छैन। नेपालको संविधान २०७२ ले जातीय भेदभाव तथा छुवाछुतलाई दण्डनीय अपराध मानेको छ।

प्रकाशित: २ चैत्र २०७५ ०१:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App