८ वैशाख २०८१ शनिबार
राजनीति

एमालेबाट चियापान शनिबार

काठमाडौँ- नेकपा (एमाले) ले बडादसैँ, तिहार, नेपाल संवत् र छठ लगायत पर्वका अवसरमा यही असोज २९ गते चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । 

हालको पार्टी केन्द्रीय कार्यालय रहेको धूम्रबाराही अगाडि रहेको शङ्खपार्कमा मध्याह्न १२ देखि ३ बजेसम्म हुने चियापान कार्यक्रमको व्यवस्थापन र सुरक्षाका लागि आज भएको बैठकपछि तयारी पूरा भएको सो पार्टीले जनाएको छ । 

पार्टीका सचिव योगेश भट्टराई, कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ लगायत नेताले आज सुरक्षा निकाय र सम्बद्ध पक्षसँगको बैठक र चियापान स्थलको अवलोकन गरेका थिए। नेता श्रेष्ठका अनुसार कार्यक्रमस्थलको मूल प्रवेश ढोकामा राष्ट्रिय वेशभूषा झल्कने झाँकी प्रदर्शन हुनेछ । कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली सहितका नेताले स्वागत गर्नेछन्।

त्यस्तै सञ्चारकर्मीका लागि तस्बिर लिनका लागि अलग्गै प्रबन्ध गरिएको छ । एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीले आफू विपक्षी दलको नेता हुँदा सुरु गर्नुभएको चियापनलाई पार्टीले निरन्तरता दिँदै आएको छ । रासस 

प्रकाशित: २८ आश्विन २०७३ ००:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App