coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मुग्लिन सडकको ठाउँठाउँमा पहिरो, आवागमन ठप्प

चितवन-चितवनको नारायणगढ–मुग्लिन सडकका विभिन्न स्थानमा खसेको पहिरोका कारण आज बिहान ३ बजेदेखि सडक बन्द भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार उक्त सडकअन्तर्गत पाँचकिलो, सेती दोभान, गौंडेलगायत स्थानमा पहिरो खसेको छ ।

अहिले डोजरको सहायतामा पहिरो पन्छाउने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  विभिन्न ठाउँमा पहिरो खसेका कारण अवरुद्ध सडक खुलाउन समय लागेको प्रहरीले जनाएको छ ।

रातिदेखि बाटो बन्द हुँदा सवारी साधनको ठूलो लाइन लागेको छ । चितवनबाट काठमाडौँ र पोखरालगायत विभिन्न स्थानमा जाने आउने सयौँ सवारी बीचबाटोमै रोकिएका छन् । प्रहरीले आउने सवारीलाई मुग्लिन र जाने सवारीलाई भरतपुर आँपटारी र जुगेडी क्षेत्रमा रोकेको छ । रासस

 

प्रकाशित: १२ असार २०७३ ०४:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App