coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रकाशमान सिंहको प्रश्न– बहुमत छ भन्दैमा अरूलई चासो नदिने?

काठमाडौं –नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले द्वन्द्व निम्त्याउन सरकार आफैं लागि परेको बताएका छन्। नेपाल टेलिकम वर्कस युनियनको नवौं क्षेत्रीय अधिवेशनाको उद्घाटन गर्दै नेता सिंहले विप्वल नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर सरकारले देशलाई द्वन्द्वतर्फ धकेलेको आरोप लगाएका हुन्। 

राष्ट्रिय सुरक्षाका विषयमा सरकारले राष्ट्रिय दलको मान्यता प्राप्त दलसँग छलफल गर्नुपर्ने भए पनिख एकलौटी निर्णय गरेको भन्दै आपत्ति जनाए। ‘राष्ट्रिय सुरक्षामा आएको समस्या समाधाना गर्न अरू दलसँग पनि छलफ गर्नुपर्ने थियो’, उनले भने, ‘तर नेकपाका कतिपय नेताले नै थाहा नपाएको बताएका छन्। दुई तिहाई बहुमत छ भन्दैमा अरू दललाई चासो नदिने?’

नेता सिंहले राष्ट्रिय सुरक्षाको विषयमा सबै दलसँग छलफल र वार्ता गरेर निकास निकाल्नुपर्ने बताए। उनले प्रतिबन्ध मात्र समस्याको समाधान नभएको बताए।

यस्तै, सरकारले सीके राउतसँग ११ बुँदे समझदारी गरेर नेपालको संविधानको विपक्षमा अघि बढेको आरोप लगाए। उनले सरकारले सीके राउतले जनमतसंग्रह गर्ने सहमति भएको दाबी गरिरहँदा पनि सरकार चुप भएको भन्दै आपत्ति जनाए।

‘सीके राउत र सरकारले मम्झौताबारे दुवैले आआफ्नै व्यख्या गरिरहेका छन्’, उनले भने, ‘सीके राउत जनमतसंग्रहको विषयमा बोल्दा सरकार किन चुप छ?’ नेता सिंहले सरकार जनताले दिएको म्यान्डेटको खिलापमा गएको आरोप लगाए। 

 

प्रकाशित: १ चैत्र २०७५ ०८:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App