coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

सूर्यविनायक नगरपालिका वडा ८ मा यस्ता छन समस्या

धुलो उडेर समस्या
राजन दुवाल (स्थानीय, जगाती )

सूर्यविनायक नगरपालिकाले चुनावको दुई महिनापछि काम सुरु गरेको थियो, आदर्शको ट्रयाक खोल्ने भनेर। अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि जगातीसम्म राजमार्गसँगै ट्रयाक त खोल्यो, तर राम्रोसँग व्यवस्थापन गरिएन। त्यसैले अहिले बाटोमा हिँडिनसक्नु भएको छ धुलो उडेर। फेरि आफ्नो घर त बाटो छेउमै भएर दिनकै सफा गर्दा पनि त्यतिकै धुवाँ हुन्छ। अहिले यहि धुलो उडेर होला मेरो औषधी पसलमा मात्र दिनको १ वटा माक्स सकिन्छ। वडा अध्यक्षलाई धुवाँ उडेर समस्या भयो भन्न पनि गयौं। तर, उहाँले हाम्रो वडाले गर्ने काम यति मात्र हो भन्नुभयो।

ढल नभएर समस्या
रविन छेताला (स्थानीय, आदर्श)

यहाँ ढलको समस्याले बसी नसक्नु भएको छ। अहिले पनि सेफ्टी ट्यांकी बनाएर राख्नुपरेको छ। हाम्रो कूल घर खास भक्तपुरमा नासमनामा हो। यहाँको पहिला हामी ४ जना मात्र बस्थ्यौ। भूकम्पले घर भत्किएर सबै दाजुभाई यही बस्न आएका छन्। त्यसैले पहिला १ वर्षमा एकचोटी सफा गरिथ्यो सेफ्टी ट्यांकी। अहिले त तीन महिनादेखि ६ महिनामा सफा गर्न हतार हुन्छ। अनि पानी पर्ने बेलामा त्यहि सेफ्टी ट्यांकीको पानी इनारमा चुहिएर जान्छ। टेन्सन छ। ढल बनाउनुपर्यो। भूकम्पपछि झन् यता घर बनाउने तथा बस्नेको संख्या बढेको छ। यसमा माथिल्लो सरकारले पनि चासो दिएर स्थानीयका समस्या हल गर्नतर्फ लाग्नुपर्छ।

सधैं जाम हुन्छ
पुष्पा बासुकला (स्थानीय)

म खास आदर्शमा बस्ने त होइन। तर, मेरो यहाँ दिनकै आउनुपर्ने काम छ पैसा उठाउन। यहाँ आउने बेलामा त मलाई एकदम रिस उठ्छ। किनकि यहाँ छिनछिनमा जाम भइराखेको हुन्छ। त्यसमाथि बाटोमा हिँड्ने मान्छेलाई हिँड्ने बाटो नै छैन। किनकि सूर्यविनायक नगरपालिका साइडमा मात्रै बाटो बढाइएको छ, अन्यत्र छैन। जसका कारण  हिँड्न सकस हुन्छ। यो अहिले घाम लाग्ने बेलामा भयो। पानी पर्ने बेलामा त झन् बाटो हिलैहिलो हुन्छ। त्यस्तै बाटो काट्नलाई पनि उत्तिकै समस्या छ।

जनतालाई समस्या परेकोमा दुःख छ
किरण थापा (वडा अध्यक्ष)

हो, अहिले  आदर्शदेखि जगातीसम्मको बाटोमा धुलोले गर्दा धेरै समस्या भएको छ। तर, वडाले यसमा केही गर्ने नसक्ने अवस्था छ। किनकि त्यो हाइवे बाटो हो। त्यसको काम सडक विभागले गर्छ। हाम्रो भागमा परेको काम मापदण्ड अनुसार बाटो खुलाउने काम हो। त्यो हामीले गरिसकेका छौं। तर, हामीले यहाँ समस्या भएको कारण सडक विभागलाई पटकपटक गिटी भए पनि ओछ्याइदिनु भन्दा पैसा नै छैन भन्नुहुन्छ। हामी बाध्य छौं। जनताको समस्या समाधान गर्न नसकेकोमा दुःख छ। हामीले त निर्वाचन सकेपछि धेरै ठाउँमा ट्रयाक खोल्न काम गरिराखेका छौं। यसबाहेक वडाभित्रका मुख्य समस्यामा हामीले निकै चासो दिएर काम गरिहरका छौं।
प्रस्तुति : रेणु त्वानाबासु

प्रकाशित: १ चैत्र २०७५ ०७:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App