८ वैशाख २०८१ शनिबार
खेल

चेल्सी र आर्सनल युरोपा लिग फुटबलको अन्तिम ८ मा

काठमाडौं – चेल्सी र आर्सनल युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन्। बिहीबार राति सम्पन्न प्रिक्वाटरफाइनलको दोस्रो लेगमा डाइनामो किभलाई ५–० ले हराउँदै समग्रमा ८–० को जितका साथ चेल्सीले क्वाटरफाइनलमा स्थान बनायो।

पहिलो लेगमा ३–० को जित निकालेको चेल्सीलाई दोस्रो लेगमा प्रभावशाली जित दिलाउँन ओलिभर जिरुडले ह्याट्रिक गरे। खेलको ५ औं मिनेटमा जिरुडले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए। ३३ औं मिनेटमा जिरुडले पुनः ब्याक्तिगत दोस्रो गोल गर्दा चेल्सीले अग्रता दोब्बर बनायो।

पहिलो हाफको इन्ज्युरी समयमा मार्कोस अलोन्सोको गोलमार्फत चेल्सीले अग्रता तेब्बर पार्यो। पहिलो हाफमा ३–० को अग्रता लिएको चेल्सीका लागि ५९ औं मिनेटमा जिरुडले गोल गर्दै ब्याक्तिगत ह्याट्रिक पूरा गर्दा टिमलाई ४–० को अग्रता दिलाए। त्यस्तै ७८ औं मिनेटमा हुडसोन ओडोइले टिमका लागि पाँचौ गोल गरे।

जितपछि चेल्सीका प्रशिक्षक माउरीजियो सार्रीले क्वाटरफाइनलमा आफ्नो टिम नापोलीसँग खेल्न इच्छुक नभएको बताएका छन्। सार्रीको पूर्व क्लव नापोलीबाहेक जुनसुकै क्लवसँग खेल्न टिम तयार रहेको उनको धारणा थियो। त्यस्तै राति नै सम्पन्न प्रिक्वाटरफाइनलको दोस्रो लेगमा आर्सनलले रेनेसलाई ३–० ले पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको छ।

आर्सनल पहिलो लेगमा रेनेससँग ३–१ ले पराजित भएको थियो। तर, दोस्रो लेगमा उत्कष्ट पुनरागमन गर्दै समग्रमा खेल ४–३ ले आफ्नो पक्षमा पार्दै अघिल्लो चरण प्रवेश गर्यो। घरेलु मैदानमा सम्पन्न दोस्रो लेगमा आर्सनललाई विजयी गराउन पिएरे एम्रिक औबामेयाङले २ गोल गर्दा मिटल्याण्ड निल्सले एक गोल थपे। 

प्रकाशित: १ चैत्र २०७५ ०५:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App