न्युजिल्यान्डका जलवायु परिवर्तन मन्त्रीमाथि मुक्का प्रहार

शुक्रबार, ०१ चैत २०७५, ०९ : ४३ एजेन्सी

लन्डन – संसद् भवनतर्फ गइरहेका न्युजिल्यान्डका जलवायु परिवर्तन मन्त्रीमाथि सडकमै दुर्व्यवहार भएको छ। ग्रिन पार्टीका सहनेतासमेत रहेका मन्त्री जेम्स सहको मुखमा वेलिङ्टनमा बिहीबार बिहानै मुक्का प्रहार भएको बताइएको छ।  मुक्का लागेका मन्त्री सह सख्त घाइते भने नरहेको बिबिसीले उल्लेख गरेको छ।

आफ्नो क्याबिनेट मन्त्रीले सडकमा मुक्का खाएपछि प्रधानमन्त्री ज्याकिन्दा अर्डेनले भनिन्, ‘न्युजिल्यान्डमा यस्ता खालको गतिविधि होस् भनेर कसैले चाहेका छैनन्।’ यस्तो घटनाले देशको राजनीतिक खुलापनप्रति नै प्रश्न उठाउने र सांसदको पहँुचमा पनि समस्या आउने उनले बताएकी छन्।

‘हाम्रो देशमा राजनीतिज्ञ सहजै उपलब्ध हुने वातावरण छ, जुन विषयलाई हामीले गर्वका रूपमा लिने गरेका छौं,’ प्रधानमन्त्री अर्डेनलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। ‘हामी सबै जनताको सेवाका लागि हौं। तर आजको घटनाले त्यस्तो गर्न हामीलाई समस्या उत्पन्न हुने देखिएको छ,’ उनले बताइन्।

मन्त्रीलाई मुक्का प्रहार गरेको अभियोगमा एक ४७ वर्षीय पुरुष पक्राउ परेका छन् र उनलाई शुक्रबार अदालतमा हाजिर गराइने प्रहरीले जनाएको छ। मुक्का लागेपछि मन्त्री सहको आँखा कालो भएकाले अस्पतालमा उपचार गराउन गएको ग्रिन पार्टीका प्रवक्ताले बताएका छन्। मन्त्री सहमाथि भएको आक्रमण राजनीतिक रूपमा प्रेरित थियो वा थिएन भनेर अझै प्रस्ट नभइसकेको बताइएको छ।







यसमा तपाईको मत


अन्य समाचार

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

यस अन्तर्गत प्लेस्टोर, जिमेल, गुगल म्याप्स, युट्युब र अन्य सम्पूर्ण गुगलका सेवाहरू पर्छन् ...

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

नेपाली आभुषण तथा मौलिक हस्तकलालाई बिश्वसामु उजागर गरि अन्तर्रा्ष्ट्रिय क्षेत्रमा निर्यात तथा प्रवद्र्धन गर्नुका साथै राजश्व अभिवृद्धि गर्ने अभिप्रायका साथ...

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो इन्डिया प्रा.लि.ले अरभिन्द इम्पोरियम प्रा.लि.को सहकार्यमा आफ्ना विभिन्न उत्पादनहरुको नेपाली बजारमा सेवा बिस्तार गरेको छ । विश्वका १५० राष्ट्रमा...

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी केहि एन्ड्रोइड र आइफोनका एपहरू ...

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सुनधारा स्थित सिभिल ट्रेड सेन्टरमा रहेको सिटिसी मोबाइल हबमा जेठ ३ गते शुक्रबारदेखि मोबाइल एक्सचेन्ज मेला सुरु भएको छ ।...

जगदम्बा स्टील्स् सर्वोत्कृष्ट प्रदर्शनका भारतको प्रतिष्ठित स्टील (SAIL)
संगठनद्वारा सम्मानित

जगदम्बा स्टील्स् सर्वोत्कृष्ट प्रदर्शनका भारतको प्रतिष्ठित स्टील (SAIL) संगठनद्वारा सम्मानित

जगदम्बा स्टील्स् भारतको प्रतिष्ठित स्टील संगठन स्टील अथोरटी अफ् इण्डिया (SAIL)द्वारा एक कार्यक्रम बीच सम्मानित भएको छ । यही मे...

मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर

मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर

बैंकको पुँजीगत आधार सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्वेश्यका साथ् राष्ट्रीय स्तरको "ख" वर्गको ओम डेभलपमेन्ट बैंक लिमिटेड "क"...

स्मार्टफोन ब्याट्रीको प्रयोग आयु बढाउने तरिका

स्मार्टफोन ब्याट्रीको प्रयोग आयु बढाउने तरिका

स्मार्टफोनको ब्याट्रीलाई धेरै वर्षको प्रयोग पछि पनि राम्रो टिक्ने कसरी बनाउने ? ...