कलेजमा महिनावारीका २५० दिनको सकस !

शुक्रबार, ०१ चैत २०७५, ०७ : ५९ नागरिक

सहनशीला शर्मा (झा)
‘आहा ! कस्तो राम्रो कलेज बिल्डिङ, गेट पनि दामी, गेट खोल्न–बन्द गर्न सुरक्षा गार्ड पनि राखेको रहेछ, म त यही कलेजमै पढ्छु।’ भर्खरै १२ कक्षा सकेर ब्याचलर कलेज खोज्दै हिँडेकी गंगाले मनमनै अठोट गरिन्। कलेजको कार्यालय छिरिन्, फर्म भरिन्। केही दिनपछि भर्ना हुने निधो गरिन्।

निस्किने बेला ट्वाइलेट लागेर उनले गार्ड दाइलाई शौचालय कहाँ छ भनेर सोधिन्। गार्ड दाइले कलेजको पछाडि भनेर औँल्याए र उनी त्यतै लागिन्। शौचालय पुरुष र महिलाका लागि भिन्दै थिए। उनी महिलातिर लागिन्, ढोका खोल्न खोजिन्। अलि ठेलेपछि बल्ल खुल्यो। भित्र छिरेर चुकुल लगाइन्। यसो ब्याग झुन्डाउन खोजिन्। तर, त्यहाँ एउटा काँटीसम्म पनि थिएन। उनले ब्याग च्यापेर जसोतसो शौच गरिन् र निस्किइन्।

बाहिर आएर उनले गहिरिएर सोचिन्, यो कलेजमा मैले चार वर्ष बिताउनु पर्छ। चार वर्षमा ४८ पटक महिनावारी हुन्छ। ४ वर्षमा लगभग २५० दिन महिनावारीको दिन आउँछ। यस अवस्थामा एउटा काँटी पनि नभएको शौचालय प्रयोग गर्दा निकै कठिनाइ बेहोर्नुपर्ने र प्याड कहाँ फाल्ने जस्ता कुराहरू सम्झेर उनी झस्यांग भइन्। त्यस कलेजमा कुनै पनि हालतमा भर्ना नहुने सोच लिइन् र फारामको पाँच सय रुपियाँ खेर फालेर त्यहाँबाट निस्किइन्।

बाहिर आएर उनले गहिरिएर सोचिन्— यो कलेजमा मैले चार वर्ष बिताउनु पर्छ । चार वर्षमा ४८ पटक महिनावारी हुन्छ । ४ वर्षमा लगभग २५० दिन महिनावारीको दिन आउँछ । यस अवस्थामा एउटा काँटी पनि नभएको शौचालय प्रयोग गर्दा निकै कठिनाइ बेहोर्नुपर्ने र प्याड कहाँ फाल्ने जस्ता कुराहरू सम्झेर उनी झस्यांग भइन् ।

हाम्रो देशमा ठूलाठूला नाम चलेका स्कुल कलेजहरू धेरै छन्, जहाँ हामीले वर्षाैं वर्ष घरमा भन्दा बढी समय बिताउँछाँै। विदेशी नाम भएका कलेजहरू पनि यहाँ थुप्रै भेटिन्छ। तर, विदेशमा जस्तै सुविधा भएको कलेज भने भेटिँदैन। बिल्डिङ राम्रो, प्रिन्सिपलको अफिस झनै राम्रो, गार्ड सिस्टम, क्यान्टिन सबै हुन्छन् तर महिलामैत्री शौचालय भने एकदम कम भेटिन्छ। र हामी पनि कलेज–स्कुल भर्नाका लागि जाँदा शौचालयलाई कहिल्यै ध्यान दिँदैनौँ। जुन कुरा नितान्त जरुरी छ।

कलेजमा प्रिन्सिपलको कोठामा जानलाई ढकढक्याएर अनुमति लिएर जान्छौँ र उनको कोठाको सजावट अनि अट्याच बाथरुम देखेर दंग पर्छौं र प्रभावित भएर भर्ना हुन्छाैँ। आफू जानुपर्ने शौचालयबारे सोच्दैनौँ। स्टाफहरूका लागि पनि बेग्लै शौचालय हुन्छ जहाँ सरसफाइको ध्यान राखिन्छ र ताला बन्द गरी प्रयोग गर्ने बेला मात्र खोल्ने गरिन्छ। जुन स्कुल कलेजका विद्यार्थीले गर्दा, उनीहरूकै पैसाले गर्दा चलेको हुन्छ, तिनीहरूकै बारेमा सोच्नेहरू कम नै देखिन्छ।
५०, ६० जना विद्यार्थीले एउटै शौचालय प्रयोग गर्नुपर्ने बाध्यता आज पनि थुप्रै शिक्षण संस्थाहरूमा छ। अझ कतिपय स्कुल कलेजमा महिला र पुरुषका लागि छुट्टै शौचालयको व्यवस्था पनि हुँदैन।

वानेश्वरस्थित एउटा कलेजमा पढ्ने विद्यार्थीले यसबारे आपm्नो जिज्ञासा यसरी पोखिन्– हाम्रो कलेजमा महिला–पुरुषले एउटै बाथरुम प्रयोग गर्नुपर्छ। मलाई साह्रै अप्ठेरो लाग्छ। म त दिनभरि पानी पनि नखाई बस्छु र आफ्नो विशेष अवस्था महिनावारी हुँदा सधैँ गयल हुन्छु। उनी जस्तै महिनावारी हुँदा स्कुल कलेज नजाने विद्यार्थी गाउँमा मात्र होइन, सहरमा पनि छन्। चर्को शुल्क लिएको स्कुल, कलेजको शौचालयको अवस्था दयनीय नै छ, यसबारे कहिले र कसले सोच्ने ?

बालमैत्री महिलामैत्री शौचालय बन्ने सोच कहिले आउला ? अपांगमैत्री शौचालय त सायदै भेटिएला। कुपण्डोलस्थित एउटा नाम चलेको स्त्रीरोग विशेषज्ञको प्राइभेट क्लिनिक जहाँ दैनिक लगभग ५० जना गर्भवती महिला तथा अन्य महिलासम्बन्धी समस्या लिएर जँचाउन जान्छन्। यस क्लिनिकमा डाक्टरले प्रयोग गर्ने शौचालय डाक्टरकै न्यानो कोठाभित्र छ भने बिरामी, गर्भवतीका लागि एउटै शौचालय छ। जुन निकै पुरानो र अप्ठेरो खालको छ। गर्भवती अवस्थामा प्रयोग गरिने शौचालय सफा हुनु निकै जरुरी छ। डाक्टरलाई सायद यो कुराको ज्ञान छैन। स्टाफले पनि सोचेनन् होला। शौचालय प्रयोग गरेपछि हात धुने व्यवस्था भएको शौचालय निकै कम भेटिन्छ। ठूला, ठूला हस्पिटल र नर्सिङ होममा समेत हात धुने व्यवस्था हुँदैन। यता भने शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुने बानी बसालौँ भन्ने सरकारी विज्ञापनमा वर्षेनि लाखौँ रुपियाँ खर्च भएको देखिन्छ।

यस्तै काठमाडौँको मुटुमा रहेको विशालबजार जहाँ शौचालय प्रयोग गरेबापत रु. ५ लिइन्छ। त्यस शौचालयको हालत देख्दा विशाल बजारमा व्यापार गरेर बसेका ठूला, ठूला व्यापारीहरूलाई अनि सञ्चालक समितिलाई लाज लाग्नुपर्ने हो जस्तो लाग्छ। दिनमा हजारौँ व्यक्तिले प्रयोग गर्ने यी शौचालयले उठाएको रकमको केही पैसा मात्र खर्चे पनि शौचालयको हालत राम्रो हुन्थ्यो होला। अर्को यस्तै उदाहरण दिनुपर्दा काठमाडौँ बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय, जहाँ शौचालय सशुल्क प्रयोग गर्नुपर्छ। तर यस शौचालयमा पानीको समेत बन्दोबस्त गरिएको पाइँदैन। अन्धकार र फोहोर यस शौचालयमा हामीले बाध्य भएर पैसा तिरेर प्रयोग गर्नुपर्ने अवस्था छ।

जिल्ला प्रशासन कार्यालय, जहाँ हामीले सानो भन्दा सानो काम गर्न पनि लागेको शुल्क तिर्छौं, जहाँ दैनिक हजारौँ मान्छे ओहोरदोहोर गर्छन्। त्यस कार्यालयले पनि शौच गरेबापत शुल्क लिन्छन् तर सुविधा दिँदैनन्। कति लज्जास्पद, अनि कति लाजमर्दो ? कतिपय सरकारी कार्यालयहरू छिर्दा शौचालयको अवस्था देख्दा त्यहाँका कर्मचारीहरू कति असभ्य होलान् जस्तो लाग्छ। कार्यालय प्रमुखको भने कार्यकक्ष भित्रै शौचालयको व्यवस्था हुन्छ। सायद पदअनुसारको शौच गर्ने तरिका पनि फरक हुँदो हो।

एउटा निकै नाम चलेको चाइनिज रेस्टुरेन्ट जहाँ खानपानको राम्रो व्यवस्था छ। अनि खाना अनुसारको दाम पनि राम्रै छ। तर शौचालय भने निकै जर्जर अवस्थामा छ। खाना हेर्दा फेरि जाऊँ, जाऊँ लाग्ने उक्त रेस्टुरेन्टमा शौचालयको अवस्था देख्दा कहिल्यै नजाऊँ जस्तो लाग्छ। स्कुल, कलेज, कार्यालय, होटल, रेस्टुरेन्ट अथवा सार्वजनिक पार्क जहाँसुकै पनि त्यस ठाउँको शौचालय हेरी मानिसहरू सभ्य र असभ्य छुट्याउँछन्। सभ्य मानिसले सफा शौचालय रुचाउँछन् भने असभ्यलाई मतलब हुँदैन। शौचालय प्रयोगकर्ताले पनि प्रयोग गरेपछि पानीको प्रयोग गर्नुपर्छ भन्ने ज्ञान राख्नुपर्छ। नाम चलेका कतिपय बैंकहरू जहाँ स्टाफको संख्या सयौँमा हुन्छ भने ग्राहकको संख्या हजारौँमा तर शौचालय भने १ अथवा २ को संख्यामा हुन्छन्, त्यो पनि कुनैमा पानी हुँदैन भने कुनैमा हात धुने व्यवस्था हुँदैन। ब्याग झुन्ड्याउन एउटा काँटीसमेत हुँदैन।  








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad