८ वैशाख २०८१ शनिबार
राजनीति

प्रतिबन्ध फिर्ताकाे माग

काठमाडौं – विवेकशील साझा पार्टीले नेत्र विक्रम चन्द नेतृत्वको समूहलाई हिंसाको बाटो छाडी शान्तिपूर्ण बाटोमा आउन आग्रह गरेको छ। सो पार्टीले बिहीबार विज्ञप्ति निकाल्दै हिंसाको बाटोबाट देशको शान्ति, स्थिरता र विकासलाई पुन दशकौं पछाडि धकेल्ने जनाएको छ।

हिंसात्मक बाटोबाट २०६२÷६३ सालको जनआन्दोलनबाट प्राप्त तर संस्थागत नभइसकेका उपलब्धिहरू गुम्ने र देशलाई अन्तत्वगत्वा तानाशाही बाटोमा लैजाने सम्भावना रहेको जनाएको छ। पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले जारी गरेको विज्ञप्तिमा चन्द समूहको राजनीतिक गतिविधिमाथि लगाइएको प्रतिवन्ध फिर्ता लिन र वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न पनि माग गरिएको छ।

प्रकाशित: १ चैत्र २०७५ ०१:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App