coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

बालुवाटारमा शीर्ष नेताहरुको बैठक

काठमाडौं - सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’समूहलाई प्रतिवन्ध लगाइएको विषयमा नेकपाका शीर्षनेताहरुले असन्तुष्टि व्यक्त गरिरहेका बेला बिहीबार प्रधानमन्त्री निवास वालुवाटारमा शीर्षनेताहरुको बैठक बसेको छ। प्रधानमन्त्री केपी ओलीले अर्का अध्यक्ष पुस्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम सहभागी भएका थिए।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सांगठनिक एकताबारे छलफल गर्न नेताहरुलाई बालुवाटारमा बोलाएका थिए। सो बैठकमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ भने सहभागी थिएनन।

पार्टी सचिवालयका शीर्ष नेताहरुले सिके राउतसँग भएको सम्झौता तथा विप्लवलाई लगाएको प्रतिबन्ध बारे छलफल गर्न सचिवालय बैठक बोलाउन माग गरेका थिए। बुधबार दाहाल निवासमा भएको शीर्ष नेताहरुको बैठकपछि प्रधानमन्त्री ओलीले शीर्ष नेताहरुलाई वालुवाटार बोलाएर छलफल गरेका थिए।

 

प्रकाशित: १ चैत्र २०७५ ०१:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App