८ वैशाख २०८१ शनिबार
राजनीति

उपकुलपति रौनियार बर्खास्त

पदबाट हटाइएका उपकुलपति डा। राजकुमार रौनियार। तस्बिर : रोहित/नागरिक

धरान - बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. राजकुमार रौनियार पदबाट बर्खास्त भएका छन्। प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सिनेटको निर्णय सदर गरेपछि रौनियार पदमुक्त भएका हुन्।

सिनेटको ४२औं बैठकले रौनियारले पदीय मर्यादाविपरीत काम गरेको ठहर गर्दै उनलाई पदबाट हटाउने निर्णय गरी सदरका लागि कुलपति एवं प्रधानमन्त्री ओलीसमक्ष सिफारिस गरेको थियो। प्रतिष्ठानको सहकुलपति स्वास्थ्यमन्त्री हुने व्यवस्था छ। फागुन १६ र १७ गते प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सिनेट बैठकले उपकुलपति रौनियारलाई हटाउने निर्णय गरेको थियो। सिनेटको निर्णय सदरका लागि स्वास्थ्य मन्त्रालयले फागुन १९ गते कुलपति एवं प्रधानमन्त्री ओलीको कार्यालयमा पठाएको थियो।

कुलपतिले निर्णय सदर गरेको जानकारीसहित बिहीबार प्रतिष्ठानलाई पत्राचार गरिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले बताए। ‘सिनेटको निर्णय सदर भएर आएको छ, मन्त्रालयबाट बिपीमा पत्र पनि गइसक्यो,’ मन्त्री यादवले मोबाइल सम्पर्कमा भने। कुलपतिको हैसियतमा प्रधानमन्त्रीले सो निर्णय फागुन २६ गते सदर गरेको मन्त्रालयले जनाएको छ। प्रतिष्ठानका सर्वोच्च निकाय सञ्चालक परिषद् ९सिनेट० भए पनि उपकुलपतिको नियुक्ति कुलपतिले गर्ने भएकाले पदमुक्त गर्ने निर्णय पनि कुलपतिबाटै सदर हुनुपर्छ। सिनेटेका अन्य निर्णय भने कुलपतिसमक्ष सदरका लागि पठाउनु पर्दैन।

प्रतिष्ठानको इतिहासमा बर्खास्तमा पर्ने रौनियार पहिलो उपकुलपति हुन्। स्वास्थ्य मन्त्रालयका तत्कालीन सचिव केदारबहादुर अधिकारीको प्रतिवेदन र त्यसपछि स्वास्थ्यमन्त्री यादवको संयोजकत्वमा गठन भएको अर्को छानबिन समितिको प्रतिवेदनका आधारमा सिनेट बैठकले रौनियारलाई बर्खास्त गर्ने निर्णय लिएको स्रोतले बतायोे। उनीमाथि पदीय मर्यादा र आर्थिक अनुशासन कायम गर्न नसकेको आरोप छ। रौनियारले भने सचिव अधिकारीको प्रतिवेदनले दोषी किटान गरेका पदाधिकारीलाई जोगाउन र आफूलाई फसाउन मन्त्री यादवको अध्यक्षतामा अर्को छानबिन समिति गठन गरेको दाबी गर्दै आएका छन्। उनले सचिव अधिकारीको प्रतिवेदन सार्वजनिक गर्न माग गरे पनि त्यो पूरा भएन।

अब को होला उपकुलपति
उपकुलपति पदबाट औपचारिकरुपमा बिहीबादेखि रौनियार पदमुक्त भएपछि स्वतः रेक्टर निमित्त उपकुलपति भएको कतिपयको भनाइ छ। सिनेट बैठकले पनि रौनियारलाई बर्खास्त गरेपछि रेक्टर डा। गुरु खनाललाई उपकुलपतिको जिम्मेवारी दिने निर्णय गरेको बताइन्छ। तर, स्वास्थ्यमन्त्री यादवले भने कार्यवाहक उपकुलपतिको जिम्मेवारीबारे शुक्रबार निर्णय गरिने प्रतिक्रिया दिए। ‘पदीय हिसाबले रेक्टर स्वतः दोस्रो व्यक्ति भएकाले निमित्त भिसी भन्ने कुरा हो तर त्यसबारे भोलि ९शुक्रबार० निर्णय हुन्छ,’ मन्त्री यादवले भने। सिनेटले गरेको निर्णयहरूका बारेमा उनले थप खुलाउन चाहेनन्। सिनेट बैठकको सबैभन्दा महŒवपूर्ण निर्णय उपकुलपतिबाट रौनियारलाई हटाउने मात्र भएको मन्त्री यादवको भनाइ थियो। उनले प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्ति प्रक्रिया अघि बढाइने बताए। ‘नयाँ भिसीको नियुक्ति प्रक्रियाबाट नै हुन्छ,’ उनले संक्षिप्त प्रतिक्रिया दिँँदै भने।

प्रकाशित: १ चैत्र २०७५ ००:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App