८ वैशाख २०८१ शनिबार
समाज

भान्साघरबाट सुरु आगलागीबाट डेढ करोडको क्षति

इलाम – जिल्लाको सन्दकपुर गाउँपालिकास्थित माइपोखरी नजिकैका ४ घर आगोले ध्वस्त भएका छन्। आगलागीबाट १ करोड ४० लाख रुपैयाँ बराबरको क्षति भएको छ। 

दिउँसो साढे १ बजेतिर लागेको आगोले सन्दकपुर गाउँपालिका–१ का कमल मुखिया, निमादोर्जे शेर्पा, चक्रबहादुर मुखिया र लाक्पा शेर्पाका घर पूर्ण रूपमा जलेको प्रहरीले जनाएको छ।

आगोले घरमा रहेका लत्ताकपडा, भाँडाकँुडा अन्नपातलगायत सबै जलेर नष्ट भएको जिल्ला प्रहरी प्रमुख एसपी माधव श्रेष्ठले जनाए। चक्रबहादुरको भान्साघरबाट आगो सुरु भए पनि के कारणले आगलागी भयो भन्ने कारण नखुलेका प्रहरीले जनाएको छ। 

 

प्रकाशित: ३० फाल्गुन २०७५ १४:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App