coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

३० वर्षपछि खुल्यो मुख

कोहलपुर – सल्यान बागचौर नगरपालिका–५, धारापानीकी ३७ वर्षीया कमला भण्डारी ६ वर्षको हुँदा खेल्ने क्रममा लडिन्। उनको मुखमा चोट लाग्यो। त्यतिबेला उपचारका लागि लखनऊसम्म लगिए पनि उनको मुख भने खुल्न सकेन। उनका आमाबुबाले निको हुने आश मारिसकेका थिए।  

त्यतिबेला भएको सामान्य दुर्घटनाका कारण उनले ३० वर्ष समस्या झेल्नुप¥यो। उनको बोली राम्रोसँग फुट्दैनथ्यो। खाना खान पनि नसकिने अवस्था थियो।  खानालाई झोल बनाएर खुवाउनु पथ्र्यो।

हाल दाङ, तुलसीपुर उपमहानगरपालिका–९, बेलवा बस्ने कमलाले अहिले भने राम्रोसँग बोल्न सक्छिन्, खान सक्छिन्। ‘अहिले चपाउन अलि समस्या छ, उपचार चलिरहेको छ,’ उनले भनिन्, ‘फेरि यही चैतमा डाक्टरले बोलाउनुभएको छ।’ पहिले आफूले बोलेको अरूले नबुझ्ने गरेको उनको अनुभव छ। 

यस्तो खाले समस्यालाई ‘टिएमजे एङ्काइलोसिस’ भनिने नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका ओरल एण्ड म्याक्जिलो फेसियल सर्जन डा. अरुणकुमार महतले बताए। चोटपटक लाग्दा रगत आउने र सो रगतपछि हड्डी बन्ने हुनाले मुख खोल्न समस्या हुने उनको भनाइ छ।

यस्ता समस्याहरू धेरै कममा हुने उनी बताउँछन्। ‘यसको उपचार हुँदैन होला भयो भने पनि धेरै रकम खर्च हुन्छ होला भनेर धेरैले उपचार गराएका हुँदैनन्,’ उनले भने, ‘यसका लागि धेरै आर्थिक व्ययभार पनि पर्दैन।’ कमलाको मुख खोल्दा करङको हड्डी लगेर बंगाराको हड्डीको पछाडि जोडेर मुख खुलाइएको उनले बताए। 

उनी नेपालगन्ज मेडिकल कलेज आएको साढे दुई वर्ष भयो। यो अवधिमा जम्माजम्मी ६ वटा यस्ता समस्याका बिरामी आएको उनको भनाइ छ। ‘बच्चाको हकमा शल्यक्रियाबाट ३० एमएमसम्म मुख खोल्न सकिन्छ भने अन्यको हकमा ३५ देखि ४० एमएमसम्म खोल्न सकिन्छ,’ उनले भने। यसको उपचार भैरहवादेखि पश्चिममा नेपालगञ्ज मेडिकल कलेजमा मात्रै हुने उनले बताए। 

हिले मेडिकल कलेजमा दन्त चिकित्सासम्बन्धी सेवासुविधालाई बढाउँदै लगिएको छ। दाँतसम्बन्धीका धेरै समस्याहरूको यहीँ उपचार सम्भव भएको अर्थोडेन्टिस्ट डा. विश्वनाथ चौधरीले बताए। धेरैजस्तो बिरामी दाँत बांगोटिंगो हुनेलगायतका समस्या लिएर आउने उनी बताउँछन्। ‘वंशाणुगत र वातावरणीय प्रभावका कारणले यस्ता समस्या आउँछन्,’ उनले भने, ‘वातावरणीय प्रभाव भन्नाले दूधे दाँत बेलैमा नफाल्दा, दाँतका हड्डी त्यहीँ रहेको, दुर्घटनालगायत हुन्।’

प्रकाशित: ३० फाल्गुन २०७५ १२:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App