coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लागूऔषध सहित चारजना पक्राउ

सर्लाही- सर्लाही प्रहरीले दुई छुट्टा छुट्टै स्थानबाट लागूऔषध सहित ४ जनालाई पक्राउ गरेको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लखन्देही पूल नजिकै १० किलो गाँजा ओसारपसार गरिरहेको अवस्थामा विहिबार बिहान २ जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ। पश्चिमबाट पूर्वतर्फ आईरहेको ग. ६ प ८६४६ नम्बरको मोटरसाईकलमा गाँजा राखेर आईरहेको अवस्थामा लालवन्दी नगरपालिका–१ निवासी २१ वर्षीय मोहम्मद नजाउद्दीन र हरिवन नगरपालिका–१ निवासी २२ वर्षीय जितेन्द्र राउत पक्राउ परेका हुन्।

प्लाष्टिकले वरिपरि बेरेर सुरक्षीत ढंगले प्याक गरिएको ५/५ किलोको गाँजाको पोका सहित उनीहरुलाई पक्राउ गरिएको हो।

त्यस्तै भारतबाट लागूऔषधको रुपमा प्रयोग हुने प्रतिबन्धित औषधी भित्र्याईरहेको अवस्थामा प्रहरी चौकी त्रिभुवननगरको टोलीले २ जनालाई पक्राउ गरेको छ। भारतीय सीमा क्षेत्र स्थित ब्रहम्पुरीबाट पक्राउ पर्नेमा एक भारतीय सहित दुईजना रहेका छन्।

भारतको सितामढी जिल्ला स्थित सोनवर्षाका २७ वर्षीय संजय पासवान र सर्लाही चन्द्रनगर गाउँपालिका–७ का गोविन्द पासवानलाई लागूऔषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। साईकलमा आईरहेका उनीहरुको साथबाट ४० पत्ता नाईट्रोभेट ट्याब्लेट र १ बोतल डाइलेक्स डि.सी बरामद गरिएको प्रहरीले जनायो। प्रहरीका अनुसार ब्रहम्पुरी गाउँपालिका–४ झिमपुलमा शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट लागूऔषध बरामद भएको हो।

प्रकाशित: ३० फाल्गुन २०७५ १०:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App