coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

फोहोरबाट उर्जा निकाल्न महानगरपालिकाले थाल्यो पहल

विराटनगर - फोहोरबाट उर्जा उत्पादन गर्ने परियोजना सञ्चालनका विषयमा झापा, मोरङ र सुनसरीका स्थानीय तह सकारात्मक देखिएका छन्। विराटनगर महानगरपालिकाको अगुवाईमा फोहोरबाट उर्जा उत्पादन गर्ने परियोजना सञ्चालनका लागि ती जिल्लाका स्थानीय तह सकारात्मक देखिएका हुन्।

फोहोरबाट उर्जा निकाल्ने विषयमा विराटनगर महानगरपालिकाले औपचारिक र अनौपचारिका रुपमा ती स्थानीय तहसँग छलफल अघि बढाइएको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले बताए। उनका अनुसार महानगरले थालेको छलफलका क्रममा झापा, मोरङ र सुनसरीका स्थानीय तहले फोहोर व्यवस्थापनको समस्या साझा भएकाले संयुक्त पहलबाट समाधान गर्नु पर्नेछ। पराजुलीले भने‘छलफलका क्रममा सबै स्थानीय तहले सामूहिक प्रयासबाट फोहोर व्यवस्थापन गर्ने विषयलाई सकारात्मक रुपमा लिएका छन्।’

केही दिन पहिले विराटनगरमा भएको छलफलमा सहभागि ती जिल्लाका स्थानीय तहका प्रतिनिधिहरूले फोहोरबाट उर्जा निकाल्ने परियोजनालाई सकारात्मक रुपमा लिंदै कार्यन्वयनमा महानगरपालिकास“ग सहकार्य गर्न तयार रहेको प्रतिक्रिया दिएका थिए। महानगरपालिकाले मोरङका अधिकांश  स्थानीय तह, सुनसरीको इटहरी, धरान उपमहानगरपालिका,  इनरुवा, रामधुनिभाँसी, दुहवी नगरपालिका र झापाको दमक नगरपालिकासँग छलफल गरेको थियो। यस्तै उक्त योजनको लागि चिनियाँ कम्पनीलाई  थप छलफल र अध्ययनका लागि नेपाल बोेलाउने तयारी पनि गरिरहेको महानगरपालिकाले जनाएको छ।  

महानगरपालिकाले विस्तृत अध्ययन पछि फोहोरबाट उर्जा निकाल्ने परियोजना सञ्चालनमा ल्याउने जनाएको छ। परियोजना सञ्चालनका लागि कम्तीमा  दैनिक ५ सय मेट्रीकटन फोहोर आवश्यक पर्नेछ। विराटनगरमा दैनिक एक सय टन देखि एक सय २० टन सम्म फोहोर उत्पादन हुने गरेको छ। त्यासमा कुहिने फोहोर करिब ६५ प्रतिशत मात्रै हुने छ। विराटनगर महानगरपलिकाका प्रमुख भीम पराजुलीको नेतृत्वमा केहि समय पहिल चीन गएको टोलीले स्थालगत रुपमा फोहोर व्यवस्थापन र उर्जा उत्पादनका विषयमा अध्ययन गरेको थियो। फोहोरबाट उर्जा निकाल्न चीनको चाइना कोन भेन्चर होल्डीङ लिमिटेडसँग सम्झौता गरी उर्जा उत्पादन गर्ने विषयमा प्रारम्भिक छलफलसमेत भइसकेको   छ।

उर्जा उत्पादनका लागि ठूलो मात्रामा फोहोर संकलन गर्नुपर्ने भएकाले पूर्व क्षेत्रका सबैजसो ठूला सहरहरूको फोहोर यो योजनाले खपत गर्ने विराटनगर महानगरपालिकाका वातावरण इन्जीनियर घनश्याम काफ्लेले बताए। फोहोरबाट उर्जा निकाल्न विराटनगरको मात्रै फोहोर प्रयाप्त नहुने भएकाले आसपासका स्थानीय तहहरूको  फोहोरसमेत आवश्यक पर्ने काफ्लेले बताए।

उनले भने,‘फोहोरबाट उर्जा निकाल्न प्रदेशका प्रायः सबै ठूला सहरको फोहोर आवश्यक पर्छ।’ काफ्लेका अनुसार चाइना चेन भेन्चर होल्डीङ लिमिटेडले बनाउने उर्जा परियोजनाका लागि कुहिने र नकुहिने फोहोर छुट्याइ रहनुपर्ने झण्झट् पनि पर्दैन।

प्रविधिले नै कुहिने र नकुहिने फोहोर छुट्याउने भएकाले स्रोतमै छुट्याउनु पर्ने झण्झट् अब हुने छैन। त्यतिमात्रै हैन उर्जा परियोजना निर्माणका लागि बजेटसमेत चिनियाँ कम्पनीले नै व्यवस्था गर्ने छ। जसका कारण बजेट जुटाउनु पर्ने झमेला पनि स्थानीय तहहरूलाई पर्ने छैन। करिब १५ अर्ब लागत लाग्ने अनुमान गरिएको परियोजनाबाट उत्पादन हुने विद्युत लगानीकर्ता चिनिया कम्पनीले नै २५ बर्ष सम्म बिक्रि गर्ने र त्यस पछि महानगरपालिकालाई पुरै परियोजना  हस्तान्तरण गर्ने छ।  हाल प्रदेशका ठूला शहरहरूमा  ल्याण्डफिल साइड नहुँदा जंगल, खोलाका किनारा आदिमा अव्यवस्थित रुपमा शहरको फोहोर फाल्ने गरिएको छ।

प्रकाशित: ३० फाल्गुन २०७५ ०८:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App