१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कैलालीमा प्रहरीलाई छल्दै विवाहको बसमा आगजनी, तीन जना पक्राउ

काठमाडाैँ - नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले घोषणा गरेको नेपाल बन्दका कारण कैलालीको जनजीवन प्रभावित भएकाे छ। विप्लव समूहले ठाउँ ठाउँमा बन्दकर्ताहरुलाई परिचालन गरी बन्द सफल पार्न कडा निर्देशन दिएको छ। सोही निर्देशन अनुसार विप्लवका कार्यकर्ताहरुले कैलालीमा बिहीबार बिहानै एउटा बसमा आगजनी गरेका छन्।

सुखडदेखि भजनीको सडक खण्डमा पर्ने जंगलमा मे १ ख ४४१ नम्बरको बसलाई विप्लवका कार्यकर्ताहरुले नियन्त्रणमा लिई आगजनी गरेको हुन्।  प्रहरीले स्कर्टिङ गरेर गाडीहरु गन्तब्य तर्फ पठाइरहेको भएपनि विवाहका लागि जान लागेको भन्दै प्रहरी टोलीले रोक्दा रोक्दै पनि विप्लवका कार्यकर्ताहरुले आगजनी गरेकेा प्रत्यक्षदर्शीले बताए।

त्यस्तै सार्वजनिक सवारीसाधन रोक्ने प्रयास गरिरहेको विप्लव समूहका तीन कार्यकर्ताहरुलाई समेत प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनपर वेतकोट-२ बस्ने ३३ वर्षीय कोष राज भट्ट, भिमदत्त –५ बस्ने २२ वर्षीय शुसिल चन्द र डोटी बीपीनगर–७ १८ वर्षीय धन बहादुर बम रहेका छन्। कैलालीका प्रहरी उपरीक्षक(एसपी) आभुषण तिम्सिनाले गोदावरी नजिकबाट उनीहरुलाई नियन्त्रण लिएको बताए।

उनले जिल्लाको विभिन्न स्थानमा आवश्यक मात्रमा प्रहरी परिचालन गरी सुरक्षा ब्यवस्था कडा पारिएको समेत बताए । सवारी साधनलाई प्रहरीले स्कटीङ गरेर गन्तव्यमा पठाउने कार्यलाई निरन्तरता दिएको छ। । तर धनगढी बाट चल्ने सार्वजनिक यातायात भने पूरै  बन्द छ । सुदूरपश्चिम यातायात, मालिका यातायात र कर्णाली यातायातले देशको पुर्वी र पहाडि क्षेत्रको यातायात बन्द भएको जनाएको छ ।

 

प्रकाशित: ३० फाल्गुन २०७५ ०५:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App