नेपाली कलाको भर्चुअल म्युजियम संञ्चालनमा

बिहिबार, ३० फागुन २०७५, १० : ३९ नागरिक

33


काठमाडौं - नेपालबाट बाहिरिएका संसारभर विभिन्न म्युजियममा रहेका ऐतिहासिक कला र मूर्तिहरुबारे जानकारी गराउन  ग्लोबल नेपाली म्युजियम डटकम संञ्चालनमा ल्याइएको छ । भर्चुअल म्युजियमको रुपमा संञ्चालनमा ल्याएको यस वेवसाइट नेपालबाट बाहिरिएका झण्डै एक हजार हाराहारी विभिन्न कला र मूर्तिहरुको विवरण राखिएको छ। 

चित्रकला, कन्टेम्प्रोरी आर्ट, मूर्तिकला र सांस्कृतिक वस्तु गरी चार विधामा नेपालबाट बाहिरिएका कलाहरुलाई वर्गीकृत गरिएर विवरण राखिएको छ । ‘नेपालबाट धेरै कलाहरु बाहिरिएर संसारभरको विभिन्न म्युजियममा पुगेका छन् । संसारका विभिन्न म्युजियममा रहेका यस्ता कलाहरुबारे नेपालीहरुले जानकारी गराउन ग्लोबल नेपाली म्युजियमको संञ्चालन गरिएको हो,’ ग्लोबल नेपाली म्युजियम डटकमका संञ्चालक रोशन मिश्रले भने,‘विवरण संकलन गर्ने क्रममा विभिन्न म्युजियमहरुसँग स्वीकृतिसमेत लिइरहेको छु । ब्रिटिस म्युजियमले विवरण लिन स्वीकृति दिइसकेको छ ।

नेपाली कलासम्बन्धी अध्ययन र अनुसन्धान गर्न चाहनेहरुलाई लक्षित गरेर संञ्चालन गरिएको भच्युल म्युजियममा संसारभरका १८ वटा म्युजियममा रहेको नेपालसम्बन्धी कलाहरुको विवरण राखिएको छ । ‘नेपालबाट बाहिरिएको कलाहरुको विवरणहरु नभएकाले यसलाई डाटाबेसको रुपमा प्रयोग गर्न सकिन्छ,’उनले भने । 

 






यसमा तपाईको मत


अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

Ncell Footer Ad