‘बुलबुल’ नेपाल–अमेरिका फिल्म फेस्टिभलमा

बिहिबार, ३० फागुन २०७५, १० : ०६ नागरिक

89


काठमाडौं - नेपाल–अमेरिका फिल्म महोत्सवमा नेपाली फिल्म ‘बुलबुल’ छनोट भएको छ। महोत्सवको ओपनिङ फिल्मको रूपमा ‘बुलबुल’ प्रदर्शन हुँदैछ। 

महोत्सवका निर्देशक पूर्णसिंह बराइलीका अनुसार ‘बुलबुल’ पहिलो फिल्मको रूपमा समावेश गरेको जानकारी गराए। ‘सन् २०१९ को जुन २८ देखि ३० सम्म मेरिल्याण्डमा आयोजना हुने महोत्सवमा समावेश हुने ‘बुलबुल’ पहिलो फिल्म भएको छ। कथावस्तु र प्रस्तुतिका आधारमा यो फिल्म छनोट गरेका हौं,’उनले भने । यो महोत्सवको तेस्रो संस्करण हो । गत वर्ष निर्देशक नवीन सुब्बाले निर्देशन गरेको फिल्म ‘गुडबाई काठमाडौं’ ओपनिङ फिल्मका रूपमा प्रदर्शन भएको थियो।

गत महिना महोत्सवको आयोजकले महोत्सवका लागि आवेदन खुला गरिएको थियो । महोत्सवमा फिल्म, सर्ट फिल्म, डकुमेन्ट्री र एनिमेसन लगायतका फिल्महरु प्रदर्शन हुनेछन् । आयोजक नेपाल–अमेरिका फिल्म सोसाइटीका अनुसार सन् २०१७ पछि निर्माण भएका नेपालसहित अमेरिका र दक्षिण एसियामा बनेका फिल्महरु महोत्सवमा सहभागि हुन सक्नेछन् । महोत्सव अवधिभर फिल्मका विभिन्न विषयहरुमा छलफल र कार्यशाला हुनेछन्। 

‘महोत्सवमा नेपाल बाहेक अमेरिका, दक्षिण एसियाका फिल्महरु सहभागी हुन सक्नेछन् । महोत्सव अवधिभर नेपाल र अन्तर्राष्ट्रिय फिल्महरु प्रदर्शन हुनेछन्,’महोत्सवका निर्देशक बराइलीले भने,‘महोत्सवमा नेपाली फिल्म र अमेरिकी नेपाली डायस्फोरासम्बन्धी छलफलसमेत हुनेछ।’ 

 






यसमा तपाईको मत


अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

Ncell Footer Ad