विपरीत वायु

बिहिबार, ३० फागुन २०७५, ०९ : ४१ सम्पादकीय

40


धुवाँधुलोलाई हाम्रा निकायहरूले ठूलो समस्या मानेको देखिँदैन। सडक खनेर असरल्ल छोडिदिँदा वर्षौंदेखि काठमाडौँ धुलोको राजधानी बन्न पुगेको छ। त्यसैले अचेल काठमाडौँको नामै परिवर्तन गरेर अखबारहरूले नाम राख्न थालेका छन्– ‘डस्टमान्डू’ अर्थात् ‘धुलेमाडौँ’। पानी परेपछि हिलैहिलो। अरु बेला धुलैधुलो। यही हो– काठमाडौँको नियति। राजधानी काठमाडौँका घरहरू यहाँ उडिरहेको धुवाँ र धुलोका कारण छोपिएका छन्। सुन्दर पहाडले घेरिएको यो उपत्यकाको दृश्य धुवाँधुलो बाक्लो पत्रभित्र निसासिरहेको छ। पहाडका तरेलीहरू प्रदूषणले छट्पटाइरहेका छन्। राजधानीका बासिन्दा आफ्नो अनुहार मास्क, रुमाल वा पछ्यौरीले ढाकेर हिँड्न बाध्य छन्। राजधानीका दृश्य आँखाका निम्ति मात्र अप्रिय छैनन्। यसले जनस्वास्थ्यमा प्रत्यक्ष नकारात्मक प्रभाव पारेको छ। अन्य विकसित मुलुकले भने जनस्वास्थ्यमा पार्ने प्रभावको समेत सूक्ष्म अध्ययन गरी छुटकाराको उपाय खोजिरहेका छन्। हामी भने यस्तै हो भनेर ढुक्क बसेका छौँ। सर्वसाधारणले पनि यति ठूलो स्वास्थ्य संकटमा ध्यान पु¥याउन सकेका छैनन्। जनस्वास्थ्यमा आएको संकट निवारणार्थ आवाज उठाउनुपर्ने हो। त्यस्तो आवाज कहीँ कतै सुनिँदैन। बेलाबेलामा सञ्चार माध्यमले यो संकटबारे प्रश्न उठाउने गर्छन्। तर, सरोकारवाला निकायको ध्यान यतातिर गएको देखिँदैन।

सवारी साधन, उद्योगधन्दा, कृषि आदिबाट उत्सर्जन हुने धुवाँको समिश्रणले व्यक्तिको जीवन २.२ वर्षले कम गर्छ भन्ने समेत अनुसन्धानले देखाएको छ। यस हिसाबले हेर्दा धुवाँबाट हुने मृत्यु सूर्तीको धुवाँ उडाएर हुनेभन्दा बढी छ। विश्व स्वास्थ्य संगठनको एक अनुमानअनुसार सन् २०१५ मा मात्र यसरी हुने थप मृत्यु ७२ लाख पुगेको थियो।

सरकारले प्रदूषणविरुद्ध लड्न प्रत्येक लिटर पेट्रोलियम पदार्थको बिक्रीमा ५० पैसा कर लगाउने गरेको छ। यसरी संकलित रकम पाँच अर्ब रुपियाँभन्दा बढी भइसकेको छ। यो रकम दिनानुदिन बढिरहेको छ। तर, सरकारले त्यसलाई सदुपयोग गरी राजधानी काठमाडौँलाई रहरलाग्दो बनाउन ढिला भइसकेको छ। यो किन पनि भनिएको हो भने हाम्रो भन्दा कैँयन् गुणा उच्चस्तरको जीवन भएका र विकासको उपल्लो सिढी उक्लेका मुलुकमा समेत प्रदूषणले नकारात्मक प्रभाव पारेको देखिएको। यस अर्थमा हामीकहाँ प्रदूषणले पारेको प्रभावको मूल्यांकन नै भएको छैन भने हुन्छ। भर्खरै सार्वजनिक एक अध्ययनअनुसार युरोपमा मात्र प्रदूषणका कारण युरोपमा प्रतिवर्ष ७ लाख ९० हजार अकाल मृत्यु हुने गरेको छ। र, यो संख्या संसारभरि ८८ लाखभन्दा बढी छ। यसको निकै ठूलो हिस्सा हाम्राजस्ता अति प्रदूषित मुलुक पनि पर्छ। यो तथ्यांक सोमबार मात्र सार्वजनिक भएको एक सर्वेक्षणको परिणाम हो। यसरी हुने अधिकांश मृत्युको कारण हृदयघातका साथै मुटुसम्बन्धी विभिन्न रोग हो। मृत्युको कारण बन्दै आएको मुटुरोग बढाउने प्रमुख तत्व भने धुवाँ रहेको अनुसन्धानकर्ताहरूले सार्वजनिक गरेका छन्। अकाल मृत्युको कारण प्रदूषण बनिरहेका त छ नै साथै बालबालिकाको मानसिक विकासमा समेत यसले असर पार्दै आएको तथ्य पनि सार्वजनिक भइसकेको छ। सवारी साधन, उद्योगधन्दा, कृषि आदिबाट उत्सर्जन हुने धुवाँको समिश्रणले व्यक्तिको जीवन २.२ वर्षले कम गर्छ भन्ने समेत अनुसन्धानले देखाएको छ। यस हिसाबले हेर्दा धुवाँबाट हुने मृत्यु सूर्तीको धुवाँ उडाएर हुनेभन्दा बढी छ। विश्व स्वास्थ्य संगठनको एक अनुमानअनुसार सन् २०१५ मा मात्र यसरी हुने थप मृत्यु ७२ लाख पुगेको थियो।

चुरोट बिँडी खानेलाई नखाऊ भनेर रोक्न सकिन्छ। तर, वायु प्रदूषणको प्रभाव भने व्यक्तिले नचाहँदा पनि पर्छ। यसलाई हटाउन सरकारको सक्रियताबाट मात्र सम्भव छ। हाम्रो राजधानी काठमाडौँमा साना र ठूला धुलीकण सामान्य स्वास्थ्य स्थितिका मानिसका निम्ति समेत असह्य किसिमको देखिएको छ। राजधानीका विभिन्न ठाउँबाट संकलित प्रदूषण तहको तथ्यांकले समेत यो भयावह अवस्थालाई प्रस्तुत गर्दै आएको छ। देशका विभिन्न स्थानमा प्रदूषणको अवस्था मापन गर्ने र त्यसलाई निराकरण गर्ने काम भएको देखिएको छैन। झन् प्रदूषणले मुटुको रोगलाई खासै फरक पार्दैन भनी विगतमा बेवास्ता गरिएको अवस्था पछिल्ला अध्ययनले परिवर्तन गरेको छ। प्रत्येक नागरिकको बाँच्न पाउने अधिकारको रक्षाका निम्ति पनि प्रदूषण हटाउने उपायतर्फ हाम्रो सरकारको ध्यान जान सक्नुपर्छ। वातावरण हेर्ने सरकारका मन्त्रालय, विभाग र कार्यालयको ध्यान यसमा पुग्नु त छँदै छ नागरिक समाजले समेत आफूलाई यसतर्फ लाउनुपर्छ। अधिकारमुखी धेरै आन्दोलन हामीकहाँ भएका छन्। तर, जनस्वास्थ्यमा प्रत्यक्ष असर पर्ने वायु प्रदूषणको विषयमा व्यापक प्रचारप्रसार र निराकरणका निम्ति पैरवी गरेको देखिएको छैन। राज्यले वर्षेनि जनस्वास्थ्यका निम्ति खर्च गर्दै आएको छ। त्यो खर्च जोगाउन पनि रोगको मुहानमै सफाइ गर्नु उचित हुन्छ। रोकथामका लागि गरिएको खर्चले जनस्वास्थ्य जोगाउन सक्छ। वायु प्रदूषणलाई खेलाँची नठानियोस्।







यसमा तपाईको मत


अन्य समाचार

एप्पलको नयाँ आइप्याड मिनी र आइप्याड एअर

एप्पलको नयाँ आइप्याड मिनी र आइप्याड एअर

रिलिज भएका आइप्याडमा १०.५ इन्चको डिस्प्ले भएको आइप्याड एअर र ७.९ इन्चको डिस्प्ले भएको आइप्याड मिनी पर्छ । ...

फेसबुक एपको अटोप्ले फिचर - बन्द किन गर्ने र कसरी गर्ने ?

फेसबुक एपको अटोप्ले फिचर - बन्द किन गर्ने र कसरी गर्ने ?

हानिकारक र अनुचित विषयका भिडियोहरुबाट टाढा रहनुको लागि पनि फेसबुकमा अटो प्ले फिचर बन्द गर्नु उचित हुन्छ । ...

१ लाख सम्मका उत्कृष्ट स्लिम र पोर्टेबल ल्यापटपहरु

१ लाख सम्मका उत्कृष्ट स्लिम र पोर्टेबल ल्यापटपहरु

धेरै प्रयोगकर्तालाई ल्यापटपमा पोर्टबिलिटिको आवश्यकता पर्छ । ...

८० करोड विन्डोज १० प्रयोगकर्ता

८० करोड विन्डोज १० प्रयोगकर्ता

विन्डोज १० अहिलेको सबैभन्दा प्रचलित कम्प्युटर अपरेटिंग सिस्टम बनेको छ ...

कम्प्युटर र ल्यापटप फास्ट बनाउन एसएसडीको प्रयोग

कम्प्युटर र ल्यापटप फास्ट बनाउन एसएसडीको प्रयोग

स्लो कम्प्युटर फास्ट बनाउने सबैभन्दा फास्ट तरिका ! ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरु

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरु

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे ...

फेसबुक मेसेन्जरमा डार्क मोड सुचारु गर्ने तरिका

फेसबुक मेसेन्जरमा डार्क मोड सुचारु गर्ने तरिका

फेसबुक मेसेन्जरमा डार्क मोड सुचारु गर्ने तरिका ...

स्मार्टफोनका लागि १००० जीबीको मेमोरी कार्ड

स्मार्टफोनका लागि १००० जीबीको मेमोरी कार्ड

स्मार्टफोनका लागि पनि १ टेराबाइट अर्थात् १००० जीबीको मेमोरी कार्ड उपलब्ध हुने भएको छ । ...

Ncell Footer Ad