coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

हुन्डाई ओपन गल्फ शुक्रबारबाट

काठमाडौं - लक्ष्मी ग्रुपको आयोजनामा हुन्डाई ओपन गल्फ प्रतियोगिता आगामी शुक्रबार हुने भएको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै आयोजक लक्ष्मी ग्रुपले आगामी शुक्रबार र शनिबार दुई दिनको प्रतियोगिता हुन लागेको जानकारी दिएको हो । गोकर्ण गल्फ क्लबमा हुने प्रतियोगिता स्टेबलफर्ड तीन बाई चार ह्यान्डिक्याप फरम्याटमा हुनेछ । उक्त खेल कुल १८ होलमा १ सय ३० गल्फरले चुनौती प्रस्तुत गर्नेछन् ।

प्रतियोगितामा पुरुष र महिला दुवै तथा सिनियरको नेटतर्फका विजेता, उपविजेता र तेस्रोले ट्रफी प्राप्त गर्नेछन् । जुनियरतर्फ१७ वर्षमुनिका गल्फरले प्रतिस्पर्धा गर्नेछन् । हुन्डाईका ग्राहकवर्गका लागि पनि छुट्टै खेल हुनेछ । लंगेस्ट ड्राइभ, क्लोजेस्ट टु दी पिन र मस्ट बर्डिजका विजेताले ट्रफी प्राप्त गर्नेछन् । ‘होल इन वन’ गर्ने गल्फरले हुन्डाईको सान्ट्रो कार जित्नेछन् । 

 

प्रकाशित: ३० फाल्गुन २०७५ ०३:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App