८ वैशाख २०८१ शनिबार
समाज

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

धनकुटा- धनकुटाको मूलघाटमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बुधबार साँझ मूलघाटस्थित तमोर नदीको पुलमा ठोक्किएर को१६प ५८७ नंको मोटरसाइकल दुर्घटना हुँदा इटहरी उपमहानगरपालिका–८ का २६ वर्षीय दिलजन खानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खान मूलघाटकै मोटरसाइकल वर्कसपमा कार्यरत थिए । ग्राहकले बिग्रिएर ल्याएको मोटरसाइकल मर्मत गरी ठीक भए÷नभएको परीक्षणका लागि गुडाउने क्रममा तमोर नदीको पुलमा ठोक्किएर दुर्घटना भएको हो । अत्यधिक गतिका कारण अनियन्त्रित भई मोटरसाइकल पुलमा ठोक्किएको मूलघाट प्रहरीले जनाएको छ । रासस

प्रकाशित: २७ आश्विन २०७३ ०६:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App