८ वैशाख २०८१ शनिबार
समाज

तीर्थयात्री सवार बस दुर्घटनामा हुँदा २ जनाको मृत्यु, १० घाइते

उदयपुर– उदयपुरबाट तीर्थयात्री बोकेर जनकपुरतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यृ भएको छ भने १० जना घाइते भएका छन्। जिल्लाको बेलका नगरपालिकाबाट जनकपुरतर्फ जाँदै गरेको तीर्थयात्री बोकेको को १ ख ४९३४ नं. को यात्रुबाहक बसले बुधबार विपरित दिसाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको उदयपुर प्रहरीले जनाएको छ। 

उदयपुर प्रहरी प्रमुख चन्द्रदेव राईका अनुसार पूर्व–पश्चिम लोकमार्गको रुपनी–लाहान खण्डमा पर्ने सुरुङ्गा खोलामा को ३४ प ६४२५ नं. को मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार सुरुङ्गा नगरपालिका ५ का ५० वर्षीय मोहम्मद महदुर र ३५ वर्षीय रामे पासवानको मृत्यु भएको हो। बसको ठक्करबाट अनियन्त्रित हुन गएको मोटरसाइकल पुलमा ठोक्किन पुग्दा उनीहरु दुवैको घट्नास्थलमै मृत्यु भएको एसपी राईले बताए। 

दुर्घटनामा परेको बस र घाइतेहरुलाई इलाका प्रहरी कार्यालय कडरवना, जिप्रका र इप्रका कल्याणपुरबाट गएको टोलीले उद्धार गरी जेसिवीको सहायाताले उद्धार गरेको एसपी राईले बताए। दुर्घट्नामा परी बसमा सवार २ बृद्धासहित १० तीर्थयात्री घाइते भएका छन्। उनीहरु सबैको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। 

दुर्घटनामा परी १० जना बृद्धबृद्धा घाइते भएका छन्। एसपी राईका अनुसार बेलका ९ का ९६ वर्षीया बुद्धिमाया विक, ७८ वर्षीय गोविन्द बस्नेत, ७७ वर्षीय बलबहादुर विष्ट, ७५ वर्षीया दीलकुमारी पोखरेल र ७५ वर्षीया जगमाया खड्का घाइते भएका छन्। त्यसैगरी सोही ठाउँका ७२ वर्षीय रत्नबहाुदर कार्की, ७५ वर्षीय पदमबहादुर विष्ट, ७५ वर्षीय छत्रबहादुर कार्की, सोही ठाउँका ७५ वर्षीया बालिका बस्नेत र ६५ वर्षीया सुमित्रा श्रेष्ठ घाईते भएका छन्। उनीहरुको टाउको, छाती, कुम र शरीरका विभिन्न अंगमा चोट लागेको छ। 

मृतक दुवैको शव रामप्रसाद उमाप्रसाद स्मारक अस्पताल लाहानमा पोष्टमार्टमका लागि राखिएको प्रहरीले जनाएको छ। 

प्रकाशित: २९ फाल्गुन २०७५ १३:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App