शेयर बजार दोहोरो अङ्कले घट्यो

बुधबार, २९ फागुन २०७५, १७ : १७ नागरिक

काठमाडाैं- धितोपत्र बजारमा आज शेयरको मूल्यमा १३ अङ्कले कमी आएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव १६ बिन्दुले घटेर एक हजार १५० दशमलव १० विन्दुमा झरेको छ। 

यस्तै ठूला कम्पनीको शेयर कारोवार गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ७२ विन्दुले घटेर २४४ दशमलव ७५ विन्दुमा पुगेको छ। स्टकका अनुसार आज कूल १७४ कम्पनीको १४ लाख ८० हजार ६२ कित्ता शेयर कारोवार भए। स्टकका अनुसार आज रु ४२ करोड ८३ लाख ४१ हजार १५२ मूल्यमा खरीद बिक्री भए। 

कारोवार भएका दश उपसमूहमध्ये वित्त २ दशमलव ७४ विन्दुले बढेको बजारमा अन्य उपसमूहको शेयर पनि घटेको छ। बैंकिङ १० दशमलव ५८, होटल ४२ दशमलव ४५, विकास बैंक १७ दशमलव ६२, जलविद्युत् २१ दशमलव ०९, निर्जीवन बीमा ८९ दशमलव ०५, उत्पादन ३८ दशमलव ८१, अन्य दुई दशमलव ३९, लघुवित्त २१ दशमलव ६१ र जीवन बीमा ७३ दशमलव ५१ विन्दुले घटेको छ। 

घटेको बजारमा युनाइटेड फाइनान्स लिमिटेड नौ दशमलव ४६, आशा लघुवित्त वित्तीय संस्था आठ दशमलव ७२, गुडविल फाइनान्स लिमिटेडका शेयरधनीले पाँच दशमलव २६ प्रतिशतले कमाएका छन्। त्यस्तै हाथवे फाइनान्स कम्पनी लिमिटेड सात दशमलव ८७, अरुण कावेली पावर लिमिटेड सात दशमलव ७७, हिमालयन डिस्ट्रिलरी पाँच दशमलव ७९ र नेशनल हाइड्रोपावरका शेयरधनीले पाँच दशमलव ४० प्रतिशतले गुमाएका छन्। 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

गोयन्का ग्रुपको सेलो कुलर बजारमा

गोयन्का ग्रुपको सेलो कुलर बजारमा

तीन वर्षयता संचालित गोयन्का ग्रुपले बजारमा ल्याएका प्रोडक्टहरु उपभोक्ताले अत्याधिक रुचाउँदै आइरहेका छन् । स्थापनाकाल देखि नै गुणस्तरयुक्त प्रोडक्ट बिक्रि...

एनसेलले ल्यायो भारत भ्रमणमा ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’  योजना

एनसेलले ल्यायो भारत भ्रमणमा ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ योजना

एनसेलका ग्राहकले अब भारत भ्रमणमा रहदा बिना कुनै झन्झट अझ सुलभ दरमा डेटा रोमिङ्ग सेवाको मजा लिन सक्नेछन् । ग्राहकले...

कस्तो भ्याक्युम क्लिनर किन्ने ? -  भ्याक्युम क्लिनर खरिद गाइड

कस्तो भ्याक्युम क्लिनर किन्ने ? - भ्याक्युम क्लिनर खरिद गाइड

भ्याक्युम क्लिनर किन्दा के के हेरेर किन्ने ? कस्तो किन्ने ? ...

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता ...

अब कोरियन प्रबिधिको भुकम्प प्रतिरोधी सस्तो घर, ६० बर्ष टिकाउ

अब कोरियन प्रबिधिको भुकम्प प्रतिरोधी सस्तो घर, ६० बर्ष टिकाउ

फेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले यसै उत्पादन शुरु गरेको हो ...

ढुङ्गा माटोको घरलाई कसरी भुकम्प प्रतिरोधी बनाउने?

ढुङ्गा माटोको घरलाई कसरी भुकम्प प्रतिरोधी बनाउने?

घरको के को बनाउने भन्दा पनि घर बनाऊँदा के कस्तो कुरामा ध्यान दिनु भन्ने कुरा बढि महत्वपुर्ण हुन्छ । विधि...

डाबर नेपालको  रियल मिक्स्ड फ्रुट मसला

डाबर नेपालको रियल मिक्स्ड फ्रुट मसला

फ्रुट जुसको बजारमा आफ्नो बर्चस्व कायम गर्न सफल रियलले उपभोक्ताहरुलाई अझ बढी छनौट प्रदान गर्न चटपटा र स्पाइसी मसला स्वादका...

इटहरीमा अग्नि ग्रुपको विक्री कक्ष

इटहरीमा अग्नि ग्रुपको विक्री कक्ष

अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वक्र्स प्रा.लि.ले इटहरीमा महिन्द्रा गाडीहरुको लागि आधिकारिक सर्भिस सेन्टर स्थापना गरेको छ । नयाँ स्थापना...