८ वैशाख २०८१ शनिबार
राजनीति

सरकारले हतारमा ‘विप्लव’ समूहमाथि प्रतिबन्ध लगायोः पौडेल

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ माथि हतारमा प्रतिबन्ध लगाएको टिप्पणी गरेका छन्। यो निर्णयबारे पार्टीमा छलफल हुने उनको भनाई छ। समस्याहरु शान्तिपूर्ण तवरले नै हल गर्नुपर्ने भन्दै उनले कुनै पक्षलाई निषेध गर्ने र कहीँ न कहीँ जबरजस्त गर्ने, त्यसलाई कहीँ न कहीँ बाध्यात्मक कदम चाल्ने अवस्था सिर्जना गर्ने काम राज्य पक्ष गर्न नहुनेमा जोड दिए।

रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले अहिलेको सिजन र अवस्था भनेको शान्तिपूर्ण तवरले खुल्ला प्रतिष्पर्धामा आउनको निम्ति संविधाप्रदत्त अधिकारलाई अधिकतम प्रयोग गर्नुपर्ने भएको बताए। सरकारले अधिकतमभन्दा अधिकतम लचिलो भएर सबै पक्षलाई वार्तामा ल्याउनुपर्ने भन्दै उनले भने, ‘त्यसले मात्रै विकास निर्माणका कामहरु द्रुत गतिमा अघि बढाउन सक्छौं।’ 

नेता पौडेलले विप्लवले पनि प्राप्त भएका उपलब्धिहरुको रक्षा गर्दै शान्तिपूर्ण तवरले आफूलाई प्रस्तुत गर्नुपर्ने धारणा राखे। उनले भने, ‘जनतामा जागरण ल्याउनुपर्छ भने पनि संविधानअनुसार नै गर्नुपर्छ । त्योभन्दा अरु तरिका अपनाईयो भने त्यसले स्वयम उहाँ र उहाँको पार्टीलाई राम्रो गर्दैन्।’ 

उनले परिस्थ्तििलाई ठिक–ठिक ढंगले बुझ्नुपर्ने धारणा राखे। पौडेलले थपे, ‘यदि ठिक ढंगले परिस्थिति बुझन सकिएन भने यसले आँफैमाथि बज्रपात गर्न सक्छ। त्यसकाण उहाँलाई के भन्न चाहन्छौं भने आफ्ना कुराहरु खुल्ला प्रतिष्पर्धाको आधारमा र लोकतान्त्रिक विधिका आधारमा कुराहरुलाइ सशक्त रुपमा अगाडि बढाउनको निम्ति विशेष अनुरोध गर्न चाहन्छु।’ 

राज्यले समस्याको समाधान गर्न वार्ता, सम्वाद तथा सहमतिकै प्रक्रियाद्धारा गर्नुपर्ने उनको भनाई छ। उनले राज्यले नियन्त्रण गर्नै नसक्ने घट्नाहरु अहिले नघटेको पनि जिकिर गरे। 

अझैपनि प्रतिबन्ध लगायो भन्दैमा सरकारले वार्ताको ढोका बन्द नगरेको उनले जिकिर गरे। उनले भने, ‘विप्लव समूहलाई म विद्रोह समूह त भन्दिन्, विप्लव समूहले संयमतापूर्वक आफ्ना कुराहरु राख्नुपर्छ। यसको लागि बढि पहलकमदी राज्यले लिनुपर्छ। राज्यले समस्या सुल्झाउनेभन्दा धकेल्नेतिर जानुहुँदैन्। जेसुकै भए पनि शान्ति र समृद्धिको बाटोमा बढ्नुछ। आवश्यक पर्यो भने संविधान संशोधन गर्नपनि सकिन्छ।’

प्रकाशित: २९ फाल्गुन २०७५ १०:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App