८ वैशाख २०८१ शनिबार
राजनीति

लाल आयोगको प्रतिवेदन यथाशिघ्र सार्वजनिक गर्न सरकारलाई निर्देशन

काठमाडौं– सभामुख कृष्णबहादुर महराले गिरिशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन यथाशिघ्र सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएका छन्।

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दै माग गर्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रतिनिधिसभाको बैठकमा अवरोध गरेपछि सभामुख महराले उक्त प्रतिवेदन यथाशिघ्र सार्वजनिक गर्न निर्देश गरेका हुन्। 

सभामुखको निर्देशनपछि बैठक सूचारु भएको छ। राजपाको माग पछि सभामुख महराले अघिल्लो बैठकमा पनि लाल आयोगको प्रतिवेदनको अवस्थाबारे सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै निर्देशन दिएका थिए। मधेस र थरुहट आन्दोलनको अध्ययनका लागि सरकारले सर्वाेच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा समिति गठन गरेको थियो। 

प्रकाशित: २९ फाल्गुन २०७५ ०७:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App