बालविवाह गराउने बाबु पक्राउ

बुधबार, २९ फागुन २०७५, १२ : ४४ नगेन्द्र उपाध्याय

सुर्खेत- प्रहरीले बालविवाह गराउने दुलाहा र दुलहीका बुवालाई पक्राउ गरेको छ। आइतबार पक्राउ परेका उनीहरुलाई बालविवाह अन्तर्गतको मुद्दा दायर गरिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रदिपबहादुर क्षेत्रीका अनुसार बराहताल गाउँपालिका–१० का ४७ वर्षीय जीतबहादुर सिंजाली र ४६ वर्षीय गंगाराम खत्रीलाई पक्राउ परिएको हो। पक्राउ परेका सिंजालीले १४ वर्षीय छोराको विवाह सोही ठाउँकी १८ वर्षीया बालिकासँग विवाह गराउँदै थिए।

स्थानीयले दिएको सूचनाका आधारमा प्रहरीले बालविवाह रोकेर बालक र बालिकाका बुवालाई पक्राउ गरेको थियो। बराहताल गाउँपालिकाको वडा नम्वर–१० अत्याधिक बालविवाह हुने ठाउँ हो। प्रहरीले पछिल्लो दुई महिनाको अवधिमा यो ठाउँमा हुँदै गरेको पाँच वटा बालविवाह रोकेको छ। सम्झाउँदा पनि बालविवाहका घटना नरोकिएपछि बालक र बालिकाका बुवालाई पक्राउ गरेर मुद्दा चलाइएको डिएसपी क्षेत्रीले जानकारी दिए। ‘यसअघि हुँदै गरेका बालविवाह मण्डपमै पुगेर रोकेका थियौं’ उनले भने, ‘यति गर्दापनि बालविवाहका घटना न्यूनिकरण नभएपछि पक्राउ गरेर मुद्दा चलाएका हौं।’

प्रहरी निरीक्षक प्रेम रेग्मीले जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको बताए। उनले संविधानको परिच्छेद ११ को दफा १७३ अन्तर्गत दुबैलाई मुद्दा चलाइएको बताए। कानुनमा बालविवाह गर्ने तथा गराउनेलाई तीन वर्षसम्म कैद र ३० हजार स्पपयाँसम्म जरिवानाको व्यवस्था छ।








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad