८ वैशाख २०८१ शनिबार
राजनीति

संसदमा राजपाको अवरोध, १० मिनेटका लागि बैठक स्थगित

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अवरोधले संसद बैठक १० मिनेटका लागि स्थगित भएको छ। लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाले बुधवार दिउँसो १२ बजे बसेको बैठकमा अवरोध गरेको हो।  

बैठक सुरु भएलगत्तै राजपाका सांसद उठेर विरोध गरेका थिए। सभामुख कृष्णबहादुर महराले सांसद राजकिशोर यादवलाई बोल्नका लागि समय दिएका थिए। यादवले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे सम्म सदनको कारवाही अगाडि नबढाउन सभामुखलाई आग्रह गरे। 

जवाफमा सभामुख महराले गृहमन्त्री रामबहादुर थापाले सदनमै सकारात्मक जवाफ दिएको भन्दै केही समय पर्खिन आग्रह गरे। उनले प्रतिवेदन सार्वजनिक गर्न फेरि सरकारको ध्यानाकर्षण गराए। 

सभामुखको आश्वासनपछि पनि राजपाका सांसदहरु उभिरहे पछि बैठक १० मिनेटका लागि स्थगित गरियो।

प्रकाशित: २९ फाल्गुन २०७५ ०६:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App