शिक्षक विना कम्प्युटर शिक्षा !

बुधबार, २९ फागुन २०७५, १२ : १५ नागरिक

जाजरकोट- चार वर्ष अघि यहाँ जिल्ला शिक्षा कार्यालयले वितरण गरेका कम्प्युटर कामविहीन भएका छन्।  विषयगत शिक्षकको अभाव र प्रयाप्त स्रोत सामग्री नहुँदा कम्प्युटर शिक्षा प्रभावकारी हुननसकेको हो। कम्प्युटर पाएका विद्यालयले विषयगत शिक्षक नहुँदा किताव भट्याएर विद्यार्थीलाई पढाउने गरेका छन्। कार्यालयले उपलब्ध गराएको कम्प्युटर खोल्ने र बन्द गर्नेबाहेक अन्य काम नभएको विद्यालयले जनाएका छन्। 

जाजरकोटमा सबै माविमा दुई थान कम्प्युटर उपलब्ध गराएर विद्यार्थीलाई अभ्यास गराउने उद्देश्य राखे पनि दक्ष शिक्षक नहुँदा ढाटैबाट कम्प्युटर हेर्नुबाहेक अन्य काम नभएको जानकी मावि मैदेका स्थानीय जगत गिरीले बताए। स्थानीय सरकारले पनि नमूना विद्यालय बनाउने भन्दै विभिन्न कार्ययोजना अगाडि सारेका छन्, तर कम्प्युटर शिक्षक र सीमित कम्प्युटरका कारण समस्या भएको विद्यालयले जनाएका छन्। 

शिक्षकविनाका कम्प्युटर बन्द कोठाका साथी भएको शिक्षकको भनाइ छ। विद्यालयमा आम्दानीको स्रोत नहुँदा निजी स्रोतबाट कम्प्युटर शिक्षक राखेर पढाउन नसकिएको नलगाड नगरपालिका–८ स्थित पञ्च भयार माविका प्रधानाध्यापक हुमप्रकाश सिंहले बताए। प्रावि तहका शिक्षकको भरमा मावि तह सञ्चालन गर्नुपर्ने जाजरकोटका अधिकांश विद्यालयको बाध्यता रहेको छ।

पर्याप्त शिक्षक दरबन्दी नहुँदा अधिकांश विद्यालयले निजी स्रोतबाट शिक्षक राखेर विद्यालय सञ्चालन गर्दै आएका छन्। स्थानीय वन उपभोक्ता समूह, स्थानीयवासीले सङ्कलन गरेको चन्दा, विकास निर्माणबाट आएको रकमबाट विद्यालय चल्दै आएको सरस्वती मावि बारेकोट गाउँपालिका–५ का प्रधानाध्यापक मनबहादुर सिंहले बताए। 
अहिले अधिकांश विद्यालयमा रहेका कम्प्युटर, भिडियो हेर्न र फेसबुक चलाउन मात्र प्रयोग भएको देखिन्छ । प्रत्येक माविमा दूरसञ्चार प्राधिकरण र वर्डलिङ्कको सहकार्यमा इन्टरनेट जडान गरे पनि विद्यार्थीले प्रयोग गर्न पाएका छैनन्। 
कम्प्युटर शिक्षालाई प्रभावकारी बनाउन स्थानीय सरकार र केन्द्र सरकारले ध्यान नदिने हो भने लाखौँको रकम बालुवामा पानीजस्तै हुने निश्चित भएको भेरी नगरपालिका–१ रिम्नाका गगनबहादुर खड्काले बताए। सरस्वती मावि सिमाका कक्षा ७ मा पढ्ने छात्र सूर्य शाही भन्नुहुन्छ, “सरले अगाडि आएर किताब भट्याउनुहुन्छ, हामीलाई केही थाहा हुँदैन, अहिलेसम्म कम्प्युटर समात्न नपाएरै परीक्षा दिन लागिएको छ ।” कम्प्युटर पढाउने शिक्षकलाई समेत कम्प्युटरको ज्ञान नभएर पढाउँदा शिक्षा लिने विद्यार्थीले कसरी शिक्षा आर्जन गरेका होलान्? अहिले चर्चाको विषय बन्न पुगेको छ। रासस 
 

 





यसमा तपाईको मत

अन्य समाचार

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बाँकेको कोहलपुरमा शाखा संचालनमा ल्याएको छ। सो शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका नगर प्रमुखु लुट...

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवालाई थप स्तरीय बनाउन विभिन्न उपकरण खरिद प्रक्रिया अगाडि बढाइएको छ। ...

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकको सिभिल ट्रेड सेन्टर, सुन्धारा स्थित कर्पोरेट अफिसमा आयोजित एक कार्यक्रमका बीच आइ एस ओ 9001:2015 को प्रमाणपत्र आइ...

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता, सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले ३ गते सम्म ऐक्सचेन्ज अफर सहितको फ्रि मनसुन चेकअप...

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

नेपालको लागि अनरको आधिकारिक बिक्रेता क्रेटोस टेक्नोलोजिज प्रा. लि.ले एक महिना अगाडी सफतापूर्वक बजेट सेगमेण्टको अनर 8A  लन्च गरे लगत्तै...

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

सामसङ नेपालले हालै काठमाडौंको न्युरोड स्थित ताम्राकार कम्प्लेक्सको तेश्रो तलामा आफ्नो आधिकारिक सर्भिस् सेन्टर उच्च स्थरिय सेवा सहितको  शुभारम्भ गरेको...

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

स्मार्टफोनमा पब्जी वा अन्य कुनै अनलाइन गेममा खराब इन्टरनेटले र ल्यागले मज्जा नै खराब गर्छ ...

Ncell Footer Ad