७ वैशाख २०८१ शुक्रबार
समाज

नवलपरासीमा नेपालकै सबैभन्दा ठूलो ताजिया निर्माण

नवलपरासी- नवलपरासीमा नेपालकै सबैभन्दा ठूलो दाबी गरिएको ताजिया (प्रार्थना स्थल) निर्माण गरिएको छ।

यसवर्ष जिल्लाको महेशपुरमा नेपालकै सबैभन्दा ठूलो ताजिया बनाइएको हो । एक सय २५ फिट अग्लो, ८५ फिट चौडाइँ रहेको ताजिया हेर्न नवलपरासी, रुपन्देही, कपिलवस्तुसहित छिमेकी सीमावर्ती भारतीय दर्शनार्थीको घुइँचो लागेको छ।

सो ताजिया निर्माण गर्न करिब दुई हजारबाट बाँस, एक क्विन्टल काटी, ५० किलो तार, ८० रिम कागज लगाई ५० खण्डमा ताजिया तयार गरिएको छ।

ताजियालाई तीनजना मिस्त्रीसहित १० जना कामदार मिली तीन महिना लगाएर तयार गरिएको हो। मुस्लिम समुदायको तेस्रो महान् पर्व महोरम्मको अवसरमा नवलपरासीमा सञ्चालित ताजिया मेलामा ताजिया मुख्य आकर्षणका रुपमा रहेको छ।

यसबाहेक थकरी, ढाँकतासा, लाठीभाला प्रतियोगितमा समेत मेला सञ्चालन गरिएको छ। मेला शुक्रबारसम्म चल्नेछ।

आरबी तारिखको पहिलो महिना मोहर्रमुल हरामको १० तारिखका दिन मुस्लिम धर्मगुरु (हजरत) इमामे हुसैनले आफ्नो घरपरिवारसहित इस्लाम धर्मलाई बचाउनका लागि सहिद भएकाले उनको सम्झनामा ताजिया बनाई दर्शन गर्ने गरिएको छ।

पिङप्रति युवा पुस्ताको चासो घट्दै

यसपटक नवलपरासीमा दसैँको अवसरमा गाउँघरमा निकै चहलपहल देखिए तापनि परम्परागत दसैँमा खेलिने लिङ्गे पिङप्रति भने धेरैको चासो घट्दै गएको पाइएको छ।

युवा पुस्ता मनोरञ्जनका वैकल्पिक साधनप्रति आकर्षित हुनु, लिङ्गे पिङ खेलेरभन्दा पनि जुवा तास, मदिरा सेवन गरेर दसैँ मनाउन थालेका कारण पिङको महत्व विस्तारै लोप हुँदै गइरहेको पाइएको हो।

दसैँ तिहारमा लिङ्गे पिङको आफ्नै महत्व छ। पिङ खेलेर रमाइलो गर्दै एकपटक भुइँ छाड्नुपर्ने प्रचलन पनि रहँदै आएको छ । तर केही वर्षयतादेखि दसैँंको मुख्य आकर्षणका रुपमा रहेको पिङप्रति युवा पुस्ताको आकर्षणमा कमी आएको पाइएको हो ।

गाउँमा समेत पिङ पनि देख्न मुस्किल भइसकेको छ । अहिले मनोरञ्जनका लागि विभिन्न स्रोत र साधनको विकास हुँदै गएका कारण पनि पिङ हाल्ने चलन विस्तारै कम हुँदै गएको नवलपरासीको प्रगतिनगरका युवा रञ्जीत पङ्गेनी बताउहुन्छ ।
एक दुईजनाको प्रयासले मात्र नहुने र गाउँघरका युवा रोजगारीका लागि विदेश गएका कारण पनि गाउँघरमा पिङ देख्न छाडिएको स्थानीयवासी युवा केदार अधिकारीको भनाइ छ।

पहाडी क्षेत्रमा बाबियो बाट्ने सीप नहुनु तथा सोका लागि आवश्यक पर्ने बाबियो घाँससमेत गाउँघरमा पाइन छाडेपछि दसैँंको बेलामा हालिने मौलिक लिङ्गे पिङ देख्न पनि मुस्किल परेको छ। रासस

 

प्रकाशित: २७ आश्विन २०७३ ०६:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App