७ वैशाख २०८१ शुक्रबार
खेल

च्याम्पियन्स लिग : रोनाल्डोको ह्याट्रिक, युभेन्टस क्वाटरफाइनलमा

काठमाडौं – क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकमा इटालियन क्लब युभेन्टस च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। मंगलबार राति घरेलु मैदानमा सम्पन्न दोस्रो लेगमा स्पेनिस क्लब एथ्लेटिको मड्रिडलाई ३–० ले पराजित गर्दै समग्रमा ३–२ को नतिजाका साथ युभेन्टसले अन्तिम ८ मा स्थान बनायो।

एथ्लेटिकोको घरेलु मैदानमा भएको पहिलो लेगमा युभेन्टस २–० ले पराजित भएको थियो। तर, दोस्रो लेगमा उत्कृष्ट पुनरागमन गर्दै युभेन्टसले अघिल्लो चरणको यात्रा तय गर्यो। २७ औं मिनेटमा रोनाल्डोको हेडर गोलमार्फत युभेन्टसले सुरुवाती अग्रता लिएको थियो।

पहिलो हाफमा १–० को अग्रता बनाएको युभेन्टसका लागि ४८ औं मिनेटमा पुनः रोनाल्डोले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे। जसका कारण खेल समग्रमा २–२ का अवस्थामा पुग्यो। ८५ औं मिनेटमा एथ्लेटिकोका खेलाडीले फेडेरिको बर्नाडेस्कीमाथि डिबक्स भित्रमा फल गरेपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै रोनाल्डोले ह्याट्रिक पूरा गर्दा युभेन्टसले अग्रता तेब्बर बनायो। तर, त्यसपछि दुवै टोलीबाट कुनै गोल नभएपछि युभेन्टस समग्रमा ३–२ गोलका साथ गरे। त्यसपछि अन्तिम ८ मा पुग्न सफल भयो।

 

प्रकाशित: २९ फाल्गुन २०७५ ०४:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App