coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

डोनाल्ड ट्रम्पमाथि दुई महिलाको आरोपः ट्रम्प अक्टोपस जस्तै

न्युयोर्क–राष्ट्रपति पदका लागि रिपब्लिन पार्टीकातर्फबाट उम्मेदवार डोनाल्ड ट्रम्पमाथि संघिन आरोप लागेको छ। दुई अमेरिकी महिलाले अमेरिकाको लोकप्रिय पत्रिका न्युयोर्क टाइम्ससँग कुरा गर्दै ट्रम्पले आफूलाई गलत गरिकाले स्पर्श गरेको बताएका हुन्। तर रिपब्लिन पार्टीकातर्फबाट राष्ट्रपतिका उम्मेद्वार ट्रम्पको प्रचार प्रसार विभागले भने सो आरोपलाई मनगढन्ते भएको टिप्पणी गरेको छ।

बीबीसीका अनुसार  एक महिलाले हवाई जहाजमा यात्राका क्रममा ट्रम्पले आफ्नो स्तन समाउँदै स्कर्टभित्र हात छिराउने कोशिस गरेको बताइन भने अर्की महिलाले ट्रम्पले आफूलाई जबर्जस्ती किस गरेको बताइएकी छन्। पहिलो महिलासँग तीन दशक पहिला ट्रम्पले विमानमा स्तन स समाउँदै स्टर्क भित्र हात छिराउने कोशिस गरेका थिए भने अर्की महिलाले भने २००५ मा ट्रम्प टावर्समा आफूलाई जबर्जस्ती किस गरेको बताएको बीबीसीले जनाएको छ।

तर ट्रम्पको प्रचार विभागले न्युयोर्क टाइम्सको रिपोर्टलाई पूरै कपोकल्पित भएको बताएको छ। विभागले न्युयोर्क टाइम्सले ट्रम्पको चरित्र हत्या गरेको जनाएको छ।
म्यानहट्टनकी ७४ वर्षीया जेसिका लिड्सले न्युयोर्क टाइम्ससँग कुरा गर्दै ट्रम्पले दुव्र्यवहार गर्दा आफ्नो उमेर ३८ वर्षको भएको बताएकी छन्। विमानको फस्र्ट क्लासमा न्युयोर्कको यात्रा गर्दा ट्रम्प आफ्नो छेउमा बसेका र उनले आफूमाथि स्पर्श गर्न सुरु गरेको बताएकी छन्। उनका अनुसार ट्रम्प अक्टोपसजस्तै थिए र ट्रम्पले धेरै तिर हात पुर्याएका थिए।

अर्की महिला रैचर क्रुक्सले आफू २२ वर्षको हुँदा ट्रम्प टावरमा अवस्थित एक रियल इस्टेट कम्पनीमा रिसेप्शनिस्टका रुपमा काम गर्दा ट्रम्पले लिफ्टको बाहिर आफूलाई किस गरेको बताइन्।  न्युयोर्क टाइम्ससँग कुरा गर्दै उनले भनेकी छन्,‘यो एकदम गलत थियो, म धेरै दुखी थिएँ ट्रम्पले मेरो कुनै औकात नभएजस्तो गरी मलाइ किस गरे।’ तर दुवै महिलाले आफूमाथि भएको दुव्र्यहारको विरुद्ध कतै उजुरी नगरेको बताइएको छ।

 

प्रकाशित: २७ आश्विन २०७३ ०४:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App