coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आगलागीले १६ लाखका धनमाल क्षति

रौतहट – रौतहटका दुई स्थानमा आगलागी हुँदा १६ लाखभन्दा बढीको धनमाल नष्ट भएका छन्। जिल्लाका वृन्दावन र गौर नगरपालिकामा आगलागी भएको हो।

वृन्दावन नगरपालिका वडा नम्बर ४, सखुअवामास्थित पुष्पाञ्जली पोल्ट्री फर्ममा अचानक भएको आगलागीका कारण १३ लाखभन्दा बढी मूल्यका कुखुरा जलेर खरानी भएका हुन्। स्थानीय जयनारायण साहको पोल्ट्री फर्ममा सोमबार राति पौने १ बजे विद्युत् सर्ट भएर आगलागी भएको हो। आगलागीमा दुई हजारवटा कुखुरा, १ हजार ५ सय चल्ला नष्ट भएको पीडितले बताएका छन्।

यस्तै गौर नगरपालिका वडा नम्बर ४, टिकुलिया टोलमा मंगलबार साँझ खाना पकाउने चुल्होबाट सल्केको आगोले लाखौंका धनमाल नष्ट भएका छन्। स्थानीय प्रभुप्रसाद पटेलको घरबाट सुरु भएको आगलागी छिमेकी रामबाबु साहको घरमा समेत लागेको थियो। पटेलको घर पूर्णरूपमा जलेको छ। आगलागीमा चारवटा बाख्रा, दुईवटा पाठा र एउटा पाडोसमेत गरी करिब तीन लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय (रौतहट)ले जनाएको छ।

प्रकाशित: २९ फाल्गुन २०७५ ०२:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App