coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तर कोरियामा निर्वाचन : सबैलालाई अचम्मित पार्दै प्रतिस्पर्धी बनेनन् नेता किम

सोल - उत्तर कोरियामा सम्पन्न भएको निर्वाचनमा सत्तारुढ वर्कर्स पार्टीले जित निकालेको छ । पूर्वानुमानअनुसार नै सत्तारुढ दलले जित हासिल गरे पनि उत्तर कोरियाली इतिहासमै सम्भवतः पहिलो पटक सर्वोच्च नेता किम जोङ–उन निर्वाचनमा प्रतिस्पर्धीका रूपमा नदेखिएको बताइएको छ ।

सर्वोच्च नेता किम जोङ–उन सत्तारुढ दलको रबर स्ट्याम्पका रूपमा रहेको संसद्को सदस्यका रूपमा निर्वाचनमा सहभागी नभए पनि उनकी बहिनी किम यो–जोङ भने निर्वाचित भएको बताइएको छ ।  

यदि निर्वाचनमा किम साँच्चिकै सहभागी नभएको भए उत्तर कोरियाको रबर स्ट्याम्प संसद्का लागि पहिलो पटक सर्वोच्च नेताले प्रतिस्पर्धा नगरेको हुनेछ । सर्वोच्च नेता किम जोङ–उन सत्तारुढ दलको रबर स्ट्याम्पका रूपमा रहेको संसद्को सदस्यका रूपमा निर्वाचनमा सहभागी नभए पनि उनकी बहिनी किम यो–जोङ भने निर्वाचित भएको बताइएको छ । किमकी बहिनी जोङ पछिल्लो समय उत्तर कोरियाली राजनीतिको प्रभावशाली नेत्रीका रूपमा अगाडि बढिरहेकी छन् । 

प्योङयाङले आफ्नो शासनलाई वैधानिकता दिनका लागि उत्तर कोरियाली संसदीय निर्वाचन गर्ने गरेको छ । यद्यपि प्योङयाङको निर्वाचन अर्थहीन रहेको भन्दै अन्तर्राष्ट्रिय समुदायबाट निन्दा हुने गरेको छ । उत्तर कोरियाली संसद्को निर्वाचनको प्रत्येक मतपत्रमा राज्यले स्वीकृत गरेको उम्मेद्वार मात्रै हुने गरेको छ । 

उत्तर कोरियाको राज्य सञ्चालित सञ्चारमाध्यमले देशको सर्वोच्च जनसभाका ६८७ सदस्यको नाम मंगलबार सार्वजनिक गरेका छन् । यद्यपि सो लिस्टमा सर्वोच्च नेता किमको भने नाम नभएको उत्तर कोरियाली सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ । 

मंगलबार जारी गरिएको संसद् सदस्यको लिस्टमा किमको नाम नहुनुको अर्थ उनको शक्तिमा कमी आएको भनेर भन्न नमिल्ने उत्तर कोरियाली समाचार वेबसाइट एनके न्युज विज्ञ राचेल मिन्योङलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ । ‘सामान्य देशका रूपमा विश्वलाई चिनाउने उत्तर कोरियाली अभियानअन्तर्गत नै किमको नाम लिस्टमा समावेश नगरिएको हुनसक्छ,’ उनले बताइन् । उनका अनुसार अधिकांश प्रजातान्त्रिक मुलुकमा देशको राष्ट्रपतिको नाम संसद् सदस्यका रूपमा हुँदैन, सायद उत्तर कोरियाले पनि यही अभ्यासलाई अनुसरण गरेको हुन सक्छ । 

यसअघि सन २०१४ मा सम्पन्न भएको उत्तर कोरियाली संसद्को निर्वाचनमा किम यो–जोङ संसद् सदस्यका रूपमा निर्वाचित बनेकी थिइनन् । तरपछि उनी संसद् सदस्य बनेकी थिइन् । सम्भवतः कोही सांसदको मृत्युपछि भएको पुनर्निर्वाचनमा उनी संसद् सदस्य भएको हुनसक्ने अनुमान गर्ने गरिएको छ । 

सत्तारुढ दलको प्रोपोगान्डा विभागको उपनिर्देशक बनाइएपछि सन् २०१४ बाट नेत्री किम यो–जोङको चर्चा चुलिएको थियो । उनी आफ्नो दाजु एवं देशको सर्वोच्च नेता किम जोङ–उनको लगभग सबै वैदेशिक यात्राका क्रममा सँगै देखिने गरेकी छन् । उनी पछिल्लो पटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेता किमबीच भियतनामको हनोईमा भएको शिखर बैठकका बेला पनि सँगै थिइन् । 

उम्मेद्वार छान्ने विकल्प नभए पनि शनिबार सम्पन्न भएको निर्वाचनमा १७ वर्षमाथिका सबै उत्तर कोरियाली जनतालाई अनिवार्य मतदान गर्ने पर्ने व्यवस्था गरिएको थियो । उत्तर कोरियामा प्रत्येक पाँच वर्षमा संसद्को निर्वाचन हुने गरेको छ । जहाँ लगभग सयप्रतिशत नै मतदान हुने गरेको छ । मतदानले सत्तारुढ वर्कर्स पार्टीलाई सर्वसम्मत रूपमा निर्वाचित गर्ने गरेको छ, किनभने उत्तर कोरियाली निर्वाचनमा सो दलमात्रै सहभागी हुने गरेको छ । 

उत्तर कोरियाको आधिकारिक समाचार एजेन्सी केसिएनएले मंगलबार जनाए अनुसार यस वर्ष ९९ प्रतिशत जनताले शनिबारको निर्वाचनमा मतदान गरेका थिए। विदेशमा काम गर्ने मानिस देशभित्र नभएकाले सयप्रतिशत मतदान हुन नसकेको केसिएनएलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।

प्रकाशित: २९ फाल्गुन २०७५ ०१:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App