१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘श्रीदेवीको भूमिका सहज थिएन’

मुम्बई - बलिउड फिल्ममेकर करण जोहारले निर्माण गरेको फिल्म ‘कलंक’मा ‘बहार बेगम’ नामको एक चरित्र छ । यो फिल्मको छायांकन सुरु हुनुअघि यो भूमिका बलिउड अभिनेत्री श्रीदेवीका लागि करणले तयार पारेका थिए । तर श्रीदेवीको दुबइमा निधन भएपछि यो भूमिका अर्की सुन्दरी अभिनेत्री माधुरी दिक्षितको हातमा पर्‍यो।

मुम्बईमा मंगलबार फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा माधुरी निकै भावुक देखिइन् । उनी भावुक बन्ने कारण श्रीदेवीले निभाउने चरित्रलाई आफूले निभाउनाले थियो। ट्रेलर सार्वजनिक भइरहँदा उनलाई पत्रकारले श्रीदेवीका लागि छुट्याइएको भूमिकामा तपाईले अभिनय गर्दा कस्तो अनुभव भयो भनी सोधेका थिए।

‘उहाँको निधनको खबर हाम्रा लागि दुःखद थियो। जब मलाई यो भूमिकाका लागि प्रस्ताव गरियो । मलाई सहज लागेन । किनकी श्रीदेवीको भूमिका असहज थियो । म उहाँलाई निकै आदर गर्छु। उहाँ असल मान्छेसँगै राम्रो कलाकार पनि हुनुहुन्थ्यो’, माधुरीले भनिन्, ‘अभिनयको कुरा गर्दा यदि तपाई अभिनेत्रीका रूपमा हेर्नुहुन्छ भने त्यो फरक परिदृश्य थियो। किनकी तपाईं पात्रभित्र आफ्ना कुराहरू राख्नसक्नुहुन्छ । तर मैले उहाँलाई फिल्मको एउटा कलाकारका रूपमा सम्झिएर काम गरें।’ अभिषेक भर्मनले निर्देशन गरेको फिल्ममा सञ्जय दत्त, बरुण धवन, आदित्य रोय कपुर, आलिया भट्ट र सोनाक्षी सिन्हा फिचर्ड छन्। फिल्म अप्रिल १७ मा रिलिज हुँदैछ।

 

प्रकाशित: २९ फाल्गुन २०७५ ०१:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App