न्याय खोज्दै न्यायाधीश

बुधबार, २९ फागुन २०७५, ०६ : ४१ नागरिक

काठमाडौं – एक पूर्वन्यायाधीश काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य दाजुभाइले आफ्नो जग्गा मिच्न खोजेको भन्दै मुद्दासहित अदालत पुगेका छन्। पूर्वन्यायाधीश चित्रदेव जोशी मेयरका दाजु सुगन्धरत्न शाक्यविरुद्ध मुद्दा लड्दैछन्।

उच्च अदालत पाटनबाट डेढ वर्षअघि सेवानिवृत्त भएका न्यायाधीश जोशीले आफ्नो जग्गा जबर्जस्ती लिन खोजेको दाबीसहित खिचोला मेटाइ पाऊँ भन्दै उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेका हुन्। काठमाडौं २ लाजिम्पाटमा मेयर शाक्य दाजुभाइ र पूर्वन्यायाधीश जोशीको साँध जोडिएको जग्गा छ। त्यसै जग्गामा विवाद हुँदा उनी अदालत पुगेका हुन्।

शाक्यको जग्गामा पुग्न जोशीको जग्गा हुँदै बाटो लैजानुपर्ने भएकाले व्यक्तिगत प्रयोजनका लागि जग्गा मिचिन लागेको भन्दै उनी अदालत पुगेका हुन्। जोशीले आफ्नो जग्गामा पर्खाल लगाउन खोज्दा राजनीति र शक्तिको आडमा मेयरका दाजुले काम गर्न नदिएको आरोप लगाए।

‘उनको जग्गामा मोटरबाटो पुर्याउने प्रयास गर्दा मेरो जग्गा मिचिने भएकाले म न्यायका लागि अदालत आएको हुँ’, पूर्वन्यायाधीश जोशीले भने। बाटोले काटेको जग्गा आफूलाई अर्को तर्फबाट दिनुपर्ने जोशीले माग गरेका छन्।

उक्त मुद्दामा पाटनका न्यायाधीश हरिप्रताप केसीको इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको थियो। आदेशमा व्यक्तिको जग्गा मिच्न नपाइने उल्लेख गरिएको थियो। त्यसपछि न्यायाधीशद्वय भोलानाथ चौलागाईं र गुणराज ढुंगेलको इजलासले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश गरेको थियो।

पूर्वन्यायाधीश जोशीले आफूलाई थाहै नदिई उपभोक्ता समिति बनाई निर्णय गरेको भन्दै काठमाडौं जिल्ला अदालतमा किर्ते जालसाजी गरी झूटा प्रमाण जुटाएको भन्दै अर्को मुद्दा दर्ता गरेका छन्। यो मुद्दा विचाराधीन छ।

मेयर शाक्यका दाजु सुगन्धरत्न शाक्यले भने आफूहरुले कसैको जग्गा नमिचेको दाबी गरेका छन्। उपभोक्ता समिति बनाएर जोशीसमेतलाई राखेर १० फिटको मोटरबाटो बनाउने सहमति भएको दाबी उनको छ। ‘हाम्रो जग्गा उनलाई चाहिएको हो।

मेयरलाई यो कुरा थाहासम्म छैन। वास्तै नभएको कुरामा मेयर जोडेको छ’ शाक्यले भने। बाटो सबैका लागि बनाउन खोजिएको र जोशीको मुद्दाका कारण रोकिएको शाक्यले दाबी गरे। ‘उपभोक्ता समितिमा उहाँले नै सही गरेको अदालतमा समेत पेश गरेका छौं’ उनले भने, ‘हामी सबै बसेर बनाएको उपभोक्ता समिति हो।’







यसमा तपाईको मत

अन्य समाचार

आइफोन ( iPhone ) मा i को अर्थ के ?

आइफोन ( iPhone ) मा i को अर्थ के ?

एप्पलले i अक्षरको प्रयोग सन् १९९८ मा रिलिज भएको iMac ( आइम्याक ) मा प्रयोग गरेको थियो ...

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक हुने

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले यस पटकको नाडा अटो शोमा महिन्द्राको पछिल्लो उत्पादनहरु...

अब २५ लाख मै डेढ तल्ले घर

अब २५ लाख मै डेढ तल्ले घर

सामान्यतः घर बनाउन कति लाग्ला ? ५० लाख, ७५ लाख वा १ करोड ? तपाईंको डिजाइन र सजावटले यो मूल्यमा...

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको स्वयम्भु ठूलो भर्याङ्ग स्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघमा ज्ञवाली अध्यक्ष

नेपाल–फिलिपिन्स उद्योग वाणिज्य संघको तेस्रो वार्षिक सधारणसभा सम्पन्न भएको छ । ...

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्सको तनाव व्यवस्थापन तालिम

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाको उच्च व्यवस्थापनलाई लक्ष्य गरी साउन २९ र ३० गते आवासीय तनाव व्यवस्थापन तालिम आयोजना...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी सुरु

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्नो लगानीको सुरुवात कास्कीको माछापुच्छ्रे र सर्दीखोला गाउँपालिकास्थित ३२ मेगावाट  उत्पादन क्षमतको करुवा सेती हाइड्रोपावर परियोजनाबाट गरेको...

काञ्जिरोवामा स्टिम प्रशिक्षण

काञ्जिरोवामा स्टिम प्रशिक्षण

कोटेश्वरस्थित काञ्जिरोवा नेसनल माध्यमिक विद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (स्टिम) विषयक दुई दिवसीय प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको छ ।

Ncell Footer Ad