coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

अविरल र सुप्रिया छनोट

काठमाडौं – नेपालगन्जका पौडीबाज अविरल भण्डारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश–५ बाट छनोट हुन सफल भएका छन्।

प्रदेश–५ मै आयोजना हुने  राष्ट्रिय खेलकुदका लागि छनोट हुने क्रममा भण्डारीले २ सय मिटर व्यक्तिगत मिड्ले र सय मिटर फ्रिस्टायलमा स्वर्ण पदक जित्न सफल भए। सय मिटर बटरफ्लाइ र ५० मिटर फ्रिस्टायलमा भने क्रमशः रजत र कांस्य पदकमै सीमित भए। महिलाततर्फ सुप्रिया रावल ५० र १०० मिटर फ्रिस्टायल, ५० मिटर ब्याक स्ट्रोकमा स्वर्ण पदक जित्दै राष्ट्रिय प्रतियोगिताका लागि छनोट भइन्।

नेपालगन्जमै फागुन २७ र २८ गते भएको प्रतियोगितातर्फत पाँचौं राष्ट्रिय खेलकुदका लागि प्रदेश–५ बाट खेमराज थापा, सुमन न्यौपाने, सुवेश घर्ती, रेजन विष्ट, अमित रावल, कुशल बन्जारा, प्रतीक बडुवाल, विशेष सिंह, दिवस रेग्मी, करुण शर्मा र अजय परियार छनोट भएका छन्।

महिलातर्फ भने नम्रता कार्की, सुमी शाही, दीपा कर्ण र प्रेरणा शर्माले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको यात्रा तय गरे। छनोट हुन सफल सबै खेलाडी बाँकेका हुन्। 

गण्डकीबाट नायक दाजुभाइ 
बागलुङका नायक दाजुभाइ पौडीबाज सागर र किरण गण्डकी प्रदेशबाट आठौं राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका छन्।

पोखरामा आयोजना भएको पौडी छनोट प्रतियोगितामा सागरले आफूले खेलेका सबै २ सय मिटर व्यक्तिगत मिड्ले, सय मिटर फ्रिस्टायल, बटरफ्लाइ, ब्याकस्ट्रोक र ब्रेस्ट स्ट्रोक गरि पाँच स्पर्धामै स्वर्ण पदकसहित राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका हुन्। उनकै भाइ किरण २ सय मिटर व्यक्तिगत मिड्ले, सय मिटर ब्याक स्ट्रोक, ५० मिटर र १०० मिटर बटरफ्लाइमा दोस्रो स्थान हात पार्दै छनोट भए। 

पुरुषततर्फ नै सिद्धान्त गुरुङ (कास्की), अर्जुन नेपाली (कास्की), अंकित क्षत्री (कास्की), कुशल पाठक (स्याङ्जा), विदित पौडेल (कास्की), कुशल खनाल (स्याङ्जा), निश्चल श्रेष्ठ (कास्की), सुदत बुद्धाचार्य (कास्की), विनम्र वाग्ले (तनहुँ) र सलिप श्रेष्ठ (कास्की) पनि छनोट हुन सफल भए। महिलाततर्फ सबै कास्कीका खेलाडी छनोट हुँदा रुवी तामाङ, जमुना गुरुङ , विरङ्ना खत्री, सविना कार्की, अंकिता क्षेत्री, आयुश्री पहारी र प्रियंका गुरुङले सफलता प्राप्त गरे। 

प्रकाशित: २९ फाल्गुन २०७५ ००:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App