७ वैशाख २०८१ शुक्रबार
राजनीति

गृहमन्त्री थापा अष्ट्रिया प्रस्थान

काठमाडाैं- गृहमन्त्री रामबहादुर थापा छदिने भ्रमणका लागि आज अष्ट्रिया प्रस्थान गरेका छन्। मन्त्री थापा अष्ट्रियाको भियानामा हुने संयुक्त राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध नियन्त्रण कार्यालय (युएनओडिसी)को ६२औँ मन्त्रिस्तरीय बैठकमा सहभागी पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ गएका हुन्। 

उक्त बैठकले संयुक्त राष्ट्रसङ्घको लागुऔषध नियन्त्रणसम्बन्धी सन्धि र अभिसन्धिको कार्यान्वयनको अवस्था र आगामी दिनको विश्वव्यापी नीति र मार्गदिर्नेशन तय गर्नेछ। बैठकमा गृहमन्त्री थापाले नेपालको लागुऔषध नियन्त्रणका क्षेत्रमा गरेका काम कारवाहीका बारेमा जानकारी गराउने उनका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए। 

यस्तै गृहमन्त्री थापाले युएनओडिसीका प्रमुख र विभिन्न देशका मन्त्रीसँग छलफल गर्ने कार्यक्रमसमेत रहेको छ। मन्त्री थापा अगामी चैत ३ गते स्वदेश फर्किनेछन्। 

प्रकाशित: २८ फाल्गुन २०७५ १६:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App