भ्रष्टाचारी र घुसखोरलाई कारवाही गरेर सरकारलाई नै सहयोग गरेका छौं : विप्लव समूह

मङ्गलबार, २८ फागुन २०७५, २० : ५७ जनक केसी

जाजरकोट– स्थानीय प्रशासनले जाजरकोटमा  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई कुनै पनि कार्यक्रम गर्न नपाउने गरी प्रतिबन्ध लगाएको छ। गृह मन्त्रालयको सर्कुलर अनुसार मंगलवार  बसेको जिल्ला सुरक्षा समितिको बैठकले विप्लव नेतृत्वको नेकपालाई जिल्लाको कुनै पनि भुभागमा  कुनै पनि गतिविधि र कार्यक्रम गर्न नदिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए।

जाजरकोटमा विप्लवलाई कार्यक्रम गर्न प्रतिबन्ध

उनले  काठमाडौंमा भएको बम विस्फोट, मानवीय क्षति र जाजरकोटकै नलगाड नगरपालिका १ जुरेलीस्थित एनसेल टावरमा भएको आगजनी लगायतका घटनाका कारण नेकपाका गतिविधिहरु नियन्त्रण गर्न आवश्यक भएकोले उनीहरुका गतिविधिमाथि प्रतिबन्ध लगाइएको बताए। प्रमुख जिल्ला अधिकारी बस्नेतले  जिल्लामा केन्द्रीयस्तरका कोही पनि नेता भेटिए पक्राउ गरिने र जिल्लास्तरका नेता कार्यकर्ताहरु पनि  भेला भएर बैठक सभा र अन्य कार्यक्रम गर्न लागेको भेटिए उनीहरुलाई पनि पक्राउ गरिने बताए। 

प्रहरी र स्थानीय प्रशासनको पहुँच नपुग्ने स्थानमा कुनै कार्यक्रम गरेको अवस्थामा बाहेक अन्य कुनै पनि स्थानमा उनीहरुको गतिविधि रोकिने बस्नेतले बताए। गृहमन्त्री र प्रधानमन्त्रीको निर्देशनअनुसार आफूहरुले  जिल्लामा पनि विप्लव नेतृत्वको नेकपाविरुद्ध कडाई गरेको प्रजिअ बस्नेतले बताए। 

'भ्रष्टाचारी र घुसखोरलाई कारवाही गरेर सरकारलाई नै सहयोग गरेका छौं'

उता विप्लव नेतृत्वको नेकपाका भेरी ब्यूरो सदस्य प्रेमबहादुर चलाउनेले जनतावाट निर्वाचित भनिएको सरकारले आफूहरुको गतिविधिमाथि प्रतिबन्ध लगाएर अलोकतान्त्रिक छवि देखाएको बताए। उनले आफूहरुले भ्रष्टाचारी र घुसखोरलाई कारवाही गरेर सरकारलाई नै सहयोग गरे पनि सरकारले आफूहरु विरुद्ध कारवाही गरिरहेकोे गुनासो गरे।

आफूहरुको कुनै पनि कार्यक्रममा सरकारले हस्तक्षेप गरे आफूहरुले प्रतिकार गर्ने उनको चेतावनी छ। ‘स्थानीय प्रशासनले हामीहरुलाई कुनै कार्यक्रम गर्न दिन्न भने जनताको बीचमा गएर आफ्ना राजनीतिक गतिविधिहरु सञ्चालन गर्छाैं’, उनले भने। 








यसमा तपाईको मत

अन्य समाचार

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad