coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

किसान एग्रो केमिकल्स उद्योगमा छापा

वीरगन्ज– जिल्ला प्रशासन पर्सा नेतृत्वको एउटा टोलीले वीरगंजका उद्योगी श्यामकुमार तुल्स्यानले संचालन गरेको किसान एग्रो केमिकल्स प्रालिमा छापा मारेको छ। छापा हान्ने टोलीमा वाणिज्य कार्यालय, आन्तरिक राजस्व कार्यालय, कृषि ज्ञान केन्द्र, जिल्ला प्रहरी कार्यालय लगायत कार्यालयका प्रतिनिधि थिए। टोलीले मंगलवार दिउँसो १ बजे वीरगंज–३ छपकैयास्थित नारायणी अस्पतालको दक्षिणपट्टि रहेको सो उद्योगमा छापा हानी शिलबन्दी गरेको छ। 

उद्योग सञ्चालन ऐन बमोजिम उद्योग सञ्चालन नगरेको पाइएकोले प्रशासन कार्यालय पर्सामा उजुरी परेपछि छापा हानी अनुसन्धान थालेको वाणिज्य कार्यालयका प्रमुख ओमनारायण शर्माले बताए। बालीमा छर्ने किटनाशक औषधि गाुणस्तरहीन उत्पादन गर्ने गरेको, बिना इजाजत रिप्याकिंग गर्ने गरेको, म्याद सकिएको उत्पादनमा पुनः म्याद थपेर बजारमा पठाउने गरेको जस्ता आरोपमा अनुसन्धान थालेको टोलीका सदस्यले बताए। 

छापा टोलीले उद्योगको परिसरबाट विभिन्न प्रकारको केमिकल तथा मालवस्तु फेला पारेको र त्यसको यकिन तथ्यांकन निकाल्ने काम भइरहेको रहेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए। तुल्स्यानले विभिन्न किसिमले राजश्व छलीसमेत गरेको आशंकामा अनुसन्धान थालेको टोलीमा सामेल सदस्यले बताए। यसैबीच वीरगन्जका उद्योगी व्यापारीहरुले होली पर्व नजिकिँदै जाँदा बजारमा छापामारीको त्रास फैलाएर असुलीको वातावरण बनाउन खोजिएको भनी टिप्पणी गरेका छन्। दशै, नयाँ साल, होली लगायतका अवरसरहरुमा वीरगन्ज क्षेत्रमा बिभिन्न सरकारी निकाय छापािमारीमा सक्रिय हुँदै आएको छ।

प्रकाशित: २८ फाल्गुन २०७५ १५:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App