७ वैशाख २०८१ शुक्रबार
समाज

बस र कार ठोक्किँदा एकको मृत्यु

कावासोती-पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको लोकाहा पुल ओरालोमा गएराति बस र कार एकआपसमा ठक्कर खाँदा एकको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । 
  
इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी सहायक निरीक्षक टीकाराम पौडेलका अनुसार पोखराबाट नेपालगन्ज जाँदै गरेको ना ४ ख ७७९९ नंको बस र बा १३ च १६१७ नंको कार एकआपसमा ठक्कर खाँदा कारमा सवार नवलपरासी प्रसौनी–२ का ४० वर्षीया नारायणी अधिकारीको मृत्यु भएको हो । 

उनको मुख र टाउकामा गम्भीर चोट लागेकोमा उपचारका क्रममा भरतपुर मेडिकल कलेजमा उनको मृत्यु भएको प्रहरीको भनाइ छ । 

घाइते हुनेमा प्रसौनी–२ का ४५ वर्षीय हडी अधिकारी, पाल्पा मदनपोखरा–६ की ३६ वर्षीया मीरा क्षेत्री, पाल्पा मदनपोखराकै कार चालक ३५ वर्षीय नारायण बस्याल र बसमा सवार मुगुकी सरस्वती चापागाईं रहेका छन् । घाइतेको उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ । रासस 

प्रकाशित: २७ आश्विन २०७३ ०२:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App