coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

वैदेशिक रोजगार व्यवसायीलाई प्रधानमन्त्रीले भने, ‘विप्लवलाई पैसा नदिनुस्’

तस्बिरहरु : दिनेश लुइटेल/नागरिक


काठमाडौं– वैदेशिक रोजगार व्यवसायीले निर्वाध रुपमा व्यवसाय गर्ने वातावरण सिर्जना गर्न सरकारसँग माग गरेका छन्। गत फागुन २४ गते साँझ नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा भएको बम बिस्फोटबाट त्रसित बनेका व्यवसायीले मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सुरक्षा र घटनाबाट भएको क्षतिको उचित क्षतीपूर्तिको माग राख्दै ज्ञापनपत्र बुझाएका छन्।
गुरुङको घरमा गराइएको बिस्फोट व्यवसायीमाथि मात्र नभई सिंगो राज्यमाथि नै भएको संघको ठहर छ। संघक अध्यक्ष गुरुङले  मलेसिया रोजगारी लामो समयदेखि बन्द हुनु र धरौटी बृद्दीले व्यवसायी समस्यामा परिरहेका बेला बम बिस्फोटको घटना सम्पूर्ण व्यवसायी स्तव्ध भएको बताएका थिए। यस्तै बिस्फोटपछि व्यवसायीका तर्फबाट गठित छानबिन समितिका संयोजक दिल प्रसाद पोखरेलले घटना गराउनेको मनोवल गिराउने गरि कामगर्न प्रधानमन्त्री समक्ष आग्रह गरेका थिए। संघका महासचिव नरेश गेलालले वार्ता बाट समस्याको निकास खोज्न सुझाव दिएका थिए।    


व्यवसायीको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले विप्लव समूहलाई चन्दा तथा आर्थिक सहयोग नगर्न आग्रह गरेका थिए। उनले संघका अध्यक्षको घरमा भएको बम बिस्फोटको घटनालाई सरकारले गम्भीर रुपमा लिएको बताए। मुलुकमा शान्ति सुरक्षा कायम राख्नु सरकारको प्रमुख दायित्व भएको ओलीको भनाइ थियो। ज्ञापनपत्र बुझाउन संघका पूर्वअध्यक्षहरु विमल ढकाल, प्रेमबहादुर कटुवाल, प्रथम उपाध्यक्ष रामप्रसाद भान्तना, महासचिव नरेश गेलाल, सल्लाहकार पदम पौडेल, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका अध्यक्ष चित्रगुप्ता सावा लिम्बु, सरोज पोखरेल, हरि पाण्डे क्षेत्री, संघका कानुनी सल्लाहकार तथा वरिष्ठ अधिवक्ता शम्भु निरौला लगायतको उपस्थिती रहेको थियो।


यस्तै, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आतंकवादी गतिविधि गर्नेमाथि कडा कारबाही गर्ने बताएका छन्। बम विस्फोटबाट गुरुङको घरमा पुगेको क्षतीको निरीक्षण गर्न मंगलवार घटनास्थल पुगेका मन्त्री पोखरेलले घटनामा संलग्न २ जनालाई पक्राउ गरिएको जानकारी दिँदै अन्यको खोजी भइरहेको बताए।

 

प्रकाशित: २८ फाल्गुन २०७५ १३:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App