पछिल्लो राजनीतिक अभ्यासले गलत परिणाम र प्रवृत्ति निम्त्यायो : कमल थापा

मङ्गलबार, २८ फागुन २०७५, १९ : ०७ सन्देश श्रेष्ठ

पोखरा- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पछिल्लो १२ वर्षिय राजनीतिले ६ वटा परिणाम र प्रवृत्ति निम्त्याएको बताएका छन्। सनातन हिन्दू राष्ट्र पुर्नस्थापनाको लागि मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको टोलीको स्वागतार्थ राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले आयोजना गरेको आमसभालाई मंगलबार पोखराको चिप्लेढुंगामा सम्बोधन गर्दै उनले २०६२/६३ को दोश्रो जनआन्दोलन पछिको १२ वर्षिय राजनीतिले ६ वटा खराब परिणाम र प्रवृत्ति निम्त्याएको बताएका हुन्।

राप्रपा केन्द्रीय अध्यक्ष थापाले पछिल्लो १२ वर्षिय राजनीतिले राष्ट्र विखण्डनको आवाज सतहमा ल्याएको बताए। दोश्रो जन आन्दोलन अघिसम्म कसैलेपनि राष्ट्र विखण्डनको आवाज नउठाएको बताउँदै उनले भने,’तर दोश्रो जनआन्दोलनपछि जातिय, वर्गिय र क्षेत्रीयताको बिजारोपण गराइयो, जसको परिणति नेपालमा कहिल्यै नसुनिएको राष्ट्र विखण्डनको आवाज जबरजस्त प्रवेश भयो।’

अध्यक्ष थापाले १२ वर्षिय राजनीतिले दोश्रो समस्याको रुपमा गरीबी र बेरोजगारीको समस्या विकरालको रुपमा निम्तिएको बताए। बेरोजगारीका कारण युवा पलायन र गरीबी बढिरहेको उनको भनाई थियो।

थापाले चौथो समस्याका रुपमा भ्रष्टाचार भित्रिएको बताए। एनसेल काण्ड, वाइड वडी, ३८ क्विन्टल सुनकाण्डलगायतका दर्जनौं भ्रष्टाचार मौलाएको बताउँदै उनले भने,’एक प्रकारले भने लोकतन्त्रको आवरणमा लुटतन्त्र चलिराखेको छ।’ पटक/पटक सरकारमा गएर मन्त्री बनेका कारण गरीबी र बेरोजगारी निम्तिनुमा आफूपनि दोषी रहेको बताउँदै उनले भने,’आज धनी र गरीब बिचको खाडल झन् बढेर गएको छ।’ थापाले हिजो बन्दुक बोकाउनेहरु आज जादुगरी रुपमा अरबपति भएको तर बन्दुक बोक्नेहरु गरीबी र बेरोजगारीका कारण रोजगारी खोज्दै बिदेश हानिनुपर्ने अवस्था आएको बताए।

थापाले १२ वर्षिय राजनीतिले चौथो समस्याका रुपमा धार्मिक, सांस्कृतिक माथिको आक्रमण बढेको बताए। जनआन्दोलनको भावना बिपरित कांग्रेस र कम्युनिष्टले आन्दोलनको म्याण्डेट बिपरित हिन्दू राष्ट्र फालेर धर्म निरपेक्षता राखेलगत्तै दशैं तिहार, हिन्दु राष्ट्रलगायतमाथि आक्रमण बढेको उनको भनाई थियो।

राप्रपा अध्यक्ष थापाले राप्रपाले मध्यमार्गि विकल्प अघि सारेको बताए। उनले गणलोकतन्त्रको सट्टामा संवैधानिक राजसंस्थासहितको लोकतन्त्र, धर्मनिरपेक्षताको सट्टामा पूर्ण धार्मिक स्वतन्त्रतासहित सबै धर्मलाई समानतासहितको हिन्दु राष्ट्र, संघीयताको अभ्यासमा केन्द्र र अहिलेको भन्दा बलियो बनाएर स्थानिय तहलाई राखौं र बिचको प्रदेशलाई नराखौं।’ उनले यसो गरिएमा देश, राष्ट्रियता र राष्ट्रिय अखण्डता बलियो हुने बताए।

कार्यक्रममा राप्रपा बरिष्ठ नेता बुद्धिमान तामाङले हिन्दु राष्ट्र खोसिदापनि हिन्दु धर्मावलम्वीहरु कानमा तेल हालेर बसेको आरोप लगाउँदै अब जाग्न आग्रह।

राप्रपा नेता तथा सांसद राजेन्द्र लिंग्देनले हिन्दु राष्ट्रको पक्षमा आवाज नउठाउने क्षेत्री बाहुन नपुंसक भएको टिप्पणी गरे। हिन्दु राष्ट्र हटाएर धर्म निरपेक्षता बनाउने कांग्रेस र कम्युनिष्टलाई भोट दिने क्षेत्री बाहुनले गरेको अनुष्ठान पितृले पनि नपाउने बताउँदै उनले थपे,’अहिलेपनि चेत नखाए खस आर्यका सन्ततीले भोलि आफ्नै बुबाआमालाई दुत्कार्ने छन्, सराप्ने छन्।’

पूर्वको ताप्लेजुङस्थित पाथीभाराबाट शुरु भएको स्वाभिमान यात्रा मंगलबार पोखरा आइपुगेको हो। यो यात्रा फागुन ३० गते पशुपतिनाथ मन्दिरमा पुगेर समापन हुने राप्रपाले जनाएको छ।

 

 

 

 

 

 

 

 

 

 








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad