५ वैशाख २०८१ बुधबार
अर्थ

६ महिनामा एक खर्ब सहयोग गर्ने प्रतिवद्धता

काठमाडौं – चालु आर्थिक वर्षको पहिलो ६ महिनामा विदेशी विकास साझेदारबाट नेपाललाई एक खर्ब ११ अर्ब ६३ करोड सहयोग गर्ने प्रतिवद्धता भएको छ। यस वर्ष भएको सहयोग प्रतिवद्धता गएको आवको सोही अवधिको तुलनामा १७ अर्ब ४५ करोडले बढी हो। गएको आवको पहिलो ६ महिनामा ९४ अर्ब १८ करोड सहयोग गर्ने प्रतिवद्धता दातृनिकायले गरेका थिए।

यस वर्ष भएको प्रतिवद्धतामध्ये बहुपक्षीय दातृ निकायबाट चालु आवको पहिलो ६ महिनामा ९९ अर्ब १९ करोड सहयोग भएको छ। सो सहयोग प्रतिवद्धतामध्ये ७७ अर्ब ७८ करोड ऋण सहयोग हो भने २१ अर्ब ४१ करोड अनुदान हो। गएको आवको पहिलो ६ महिनामा बहुपक्षीय दातृनिकायकाबाट ९४ अर्ब १८ करोड सहयोग प्रतिवद्धता भएको थियो। सो प्रतिवद्धता भएको रकममध्ये ३२ अर्ब ९९ करोड ऋण सहयोग हो भने नौ अर्ब ४१ करोड अनुदान हो। 

एक पक्षीय विकास साझेदारले जम्मा १२ अर्ब ४४ करोड रुपैयाँ अनुदान सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्। स्वीट्जरल्याण्डले दुई अर्ब रुपैयाँ अनुदान दिने प्रतिवद्धता गरेको छ। कोरियन अन्तर्राष्ट्रिय संस्था कोइकाले साढे पाँच अर्ब र जापानले चार अर्ब ९४ करोड अनुदान दिने सहमति पत्रमा हस्ताक्षर गरेको छ।

गएको आवको पहिलो ६ महिनामा एकपक्षीय विकास साझेदारबाट कुल ५१ अर्ब ७८ करोड अनुदान प्राप्त भएको छ। सो अनुदानमध्ये अमेरिकी एमसीसीले ५१ अर्ब ५० करोड र जापानले २८ करोड अनुदान दिएको छ।

अर्थमन्त्री डा.युवराज खतिवडाले गएको आवकोभन्दा विकास साझेदारले सहयोग  प्रतिवद्धता बढाएको बताएका छन्। कतिपय आयोजनामा खर्च गर्न नसक्दा र कतिपयमा हाम्रो आवश्यकता र विकास साझेदारको सर्तबीच म्याच नहुँदा सहयोग ल्याउन गाह्रो भएको उनको भनाइ छ।

पछिल्ला वर्षमा बहुपक्षीय दातृनिकायले नेपालको स्रोत परिचालन गर्ने क्षमता बढेको भन्दै अनुदान नदिने बताए पनि देश संघीयता कार्यान्वयनसँग खर्च बढ्दा एसियाली विकास बैंक (एडीबी) र विश्व बैंकबाट समेत अनुदान रकम प्राप्त भएको छ। 

दातृनिकायले सडक तथा राजमार्ग सुधार कार्यक्रमका लागि सबैभन्दा बढी रकम सहयोग गरेका छन्। सडक निर्माण तथा सुधारको लागि चालु आवको पहिलो ६ महिनामा विकास साझेदारबाट ३६ अर्ब रुपैयाँ सहयोग प्राप्त भएको छ। सो रकममध्ये १५ अर्ब ४२ करोड अनुदान हो भने २० अर्ब ५७ करोड ऋण सहयोग हो।

प्राविधिक तथा व्यवसायीक  शिक्षा र प्रशिक्षणको गुणस्तर अभिवृद्धि, विद्यालय क्षेत्र विकास कार्यक्रम लागि २४ अर्ब ५४ करोड प्रतिवद्धता भएको छ। सो सहयोगमध्ये १७ अर्ब दुई करोड ऋण हो। वाँकी सात अर्ब ५२ करोड अनुदान हो।

सहयोग रकमको आधारमा विकास साझेदारको तेस्रो प्राथमिकतामा खानेपानी तथा सरसफाई कार्यक्रम परेको छ। खानेपानी तथा सररफाई कार्यक्रमका लागि एसियाली विकास बैंकले १४ अर्ब ६६ करोड ऋण सहयोग गरेको छ।

६ महिनामा विकास साझेदारले गरेका सहयोग रकम

विकास साझेदार   अनुदान ऋण       जम्मा
एडीबी    १९ खर्ब ६९ लाख     २३ अर्ब २६ करोड           ४२ अर्ब ९५ करोड
विश्व बैंक   १ अर्ब ७१ करोड ५४ अर्ब ५२ करोड ५६ अर्ब २३ करोड
स्वीट्जरल्याण्ड २ अर्ब २ अर्ब चार अर्व
कोइका ५ अर्ब ५० करोड ५ अर्ब ५० अर्ब  
जापान ४ अर्ब ९४ करोड ४ अर्ब ९४ करोड  
जम्मा ३३ अर्ब ८५ करोड ७७ अर्ब ७८ करोड १ अर्ब ११ अर्ब ६३ करोड

स्रोतः अर्थ मन्त्रालय

प्रकाशित: २८ फाल्गुन २०७५ ०८:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App