७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

कश्मिमा तीन दिनदेखि जारीे मुडभेड सकियो

कश्मिर–भारत प्रशासित कश्मिरको राजधानी श्रीनगरको बाहिर एक सरकारी भवनमा आश्रय लिएका चरमपन्थी र सुरक्षाकर्मीबीचको मुडभेड तीन दिनपछि सकिएको छ। भारतीय संचारमाध्यमका अनुसार गत सोमबारदेखि भएको दोहोर भीडन्त बुधबार सकिएको हो।

सो भीडन्ता दुई चरमपन्थीको मृत्यु भएको छ भने तीन जना सुरक्षाकर्मी घाइते भएका छन्।  चरमपन्थीले पंपोरस्थित जम्बु तथा कश्मिर  उद्यमिता विकास संस्थानको भवनमा आश्रय दिएका थिए। संस्थानका अधिकारीका अनुसार संस्थानमा चरमपन्थी समूह घुसेपछि ६० घण्टासम्म दुवै पक्षबाट होली हानाहान भएको थियो। जसमा सो भवन र एउटा होस्टल पुरै नष्ट भएको छ । सो होस्टल अत्याधुनिक सुविधासहित दुई वर्ष पहिला संचालनमा आएको थियो। सो होस्टलमा २ सय मानिस अटाउने क्षमता थियो। 

सेना तथा प्रहरीले पत्रकार सम्मेलनमार्फत  सो होस्टलमा घुसेका दुई चरमपन्थीलाई मारेको जनाएको छ। एक जनालाई मंगलबार र अर्कोलाई बुधबार मारिएको सेनाले जनाएको छ। 

सेनाले आफ्नोतर्फ कम मानवीय क्षति होस भन्ने चाहेर लामोसमय लगाएको बताए।  ‘दुई आंतकावादी माएिर र उनीहरुसँग भएका हतियार हामीले बरामद गरेका छौं,’ जनरल अफिसर कमाडिंङ अशोक नरुलाले भने,‘ आतंकवादी सफायाकालागि सोमबार सुरु भएको सैन्य अभियानलाई सेनातर्फ कुनै क्षति नहोस भनेर लामो समय लगाइएको हो।’ आतंकवादीले आश्रय दिएको होस्टलमा ६० कोठा थिए। ती सबै कोठाको सर्च गर्दा धेरै समय लागेको सेनाले जनाएको छ।  
 

प्रकाशित: २७ आश्विन २०७३ ०१:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App