coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

तामाङ अध्ययन गोष्ठी

तस्बिर : केशव थोकर।

काठमाडौं – तामाङ न्हाङखोर बौद्धले राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सोमबार तामाङ अध्ययन गोष्ठी सञ्चालन गरेको छ। दुई दिने गोष्ठीमा तामाङहरूको सामाजिक र सांस्कृतिक विषयको अध्ययनमा जोड दिइएको थियो।

न्हाङखोरका अध्यक्ष अमृत योञ्जनले तामाङ जातिको भाषा, धर्म र संस्कृतिको बारेमा छलफल गरेर नयाँ पुस्तामाझ पु¥याउन लागि गोष्ठी आयोजना गरिएको बताए। ‘पछिल्लो समय हाम्रो सांस्कृतिक पहिचान लोप हँुदै गएको छ’, उनले भने, ‘धर्म र संस्कृतिहरूको बारेमा अध्ययन गरेर विज्ञसामु छलफल गरी ती विषयवस्तु एकअर्कामा हस्तान्तरण गर्न गोष्ठी गरेका हौं।’

गोष्ठीमा साङ्मो योञ्जन र अनिश थोकरलगायतले तामाङको इतिहास र संस्कृतिबारे कार्यपत्र प्रस्तुत गरेका थिए। प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले गोष्ठीले तामाङ समुदायको सांस्कृतिक खोज गर्न महत्वपूर्ण योगदान पु¥याउने बताए। ‘तामाङ समुदायको पहिचान खोज्नु आवश्यक छ’, उनले भने, ‘थुप्रै तामाङ विद्वानहरू छन्। उनीहरूको कार्यप्रस्तुतिले अझ तामाङको अध्ययन गर्न सहजता मिल्ने छ।’ तामाङ समुदायको मात्रै नभई अन्य जातिहरूको समेत सांस्कृतिक पहिचानको खोज अनुसन्धान गर्नुपर्ने उनको भनाई थियो। गोष्ठी मंगलबारसम्म सञ्चालन हुनेछ। 

प्रकाशित: २८ फाल्गुन २०७५ ०७:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App