coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

जिदान रियल मड्रिडको मुख्य प्रशिक्षकमा पुनः नियुक्त

काठमाडौं – स्पेनिस जाइन्ट रियल मड्रिडबाट राजीनामा दिएको १० महिनापछि जिनेदिन जिदान पुनः प्रशिक्षकको जिम्मेवारीका साथ क्लबमा फर्किएका छन्। फ्रान्सेली प्रशिक्षक जिदान लामो पर्खाइपछि बारम्बारको अनुरोधमा क्लब फर्किका हुन्।

सोमबार बसेको रियल मड्रिडको बोर्ड अफ् डाइरेक्टर्सको बैठकले जिदानलाई सन् २०२२ जुन ३० सम्मका लागि प्रशिक्षक नियुक्त गरेको हो। रियलले आफ्नो सामाजिक सञ्जाल तथा आधिकारिक वेबसाइटबाट जिदानलाई प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको छ।

जिदानले राजीनामा दिएपछि रियल मड्रिडले जुलेन लोपेटेगीलाई प्रशिक्षकमा नियुक्त गरेको थियो। तर, लोपेटेगीबाट राम्रो प्रदर्शन नपाएपछि रियलले उनलाई बर्खास्त गरेर सान्टियागो सोलारी प्रशिक्षणको जिम्मा दिएको थियो।

सोलारीको प्रशिक्षणमा पनि रियलको प्रदर्शन सुध्रन नसकेपछि अन्तत रियलले जिदानलाई फेरि सान्टियागो बर्नाबाउ बोलाउने निर्णय गरेको हो। रियल मड्रिडलाई ३ वटा च्याम्पियन्स लिगको उपाधि जिताएर गत मे मा जिदान क्लबबाट अलग्यिएका थिए। ला लिगामा अहिले रियल शीर्ष स्थानको बार्सिलोनाभन्दा १२ अंकले पछि रहेको छ। 

 

प्रकाशित: २८ फाल्गुन २०७५ ०६:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App