सिके राउतसँगको सहमति राष्ट्रघात : सभापति देउवा

मङ्गलबार, २८ फागुन २०७५, १२ : १४ सन्देश श्रेष्ठ

पोखरा- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पृथकतावादी गतिविधि गर्दै आएका सिके राउतसँग सरकारले गरेको सहमति राष्ट्रघाती भएको टिप्पणी गरेका छन्। प्रेस युनियन कास्कीले मंगलबार पोखरामा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सहमति लगत्तै सिके राउतले भनेका कुराहरु सुन्दा राष्ट्रघात भएको पुष्टिहुने हुने दाबी गरे।

  सरकारसँग सहमति भएपछि पनि राउतले मधेशलाई छुट्टै राज्य बनाउँछु भनेको भन्दै उनले भने ‘सिके राउत पनि सहमति गर्ने मध्येको एक हस्ताक्षर कर्ता हुन्, सहमति भएलगत्तै सिकेले मधेश छुट्टै देश बनाउँछु, स्वतन्त्र मधेश, जनमत संग्रह भनेका छन्, त्यसैले यो राष्ट्रघाती सम्झौता हो।’ यदी जनमत संग्रह वा छुट्टै देश बनाउनेबारे सहमति नभएको भए सरकारले त्यसको खण्डन गर्नुपर्ने बताउँदै त्यसो नगर्दा झन् आशंका बढेको उनको भनाई थियो। उनले देशको कुनैपनि भुभाग टुक्राउने कामलाई कांग्रेसले नमान्ने बताए। देश टुक्राउने कुराको खिलाफमा कांग्रेस रहेको बताउँदै उनले थपे,’हामीलाई यो सह्य हुँदैन, हामी मान्दैनौं।’ उनले सिके राउतसँग सहमति गर्दा बिपक्षी दल कांग्रेससँग छलफल नगरेको भन्दै असन्तुष्टी व्यक्त गरे।

पूर्व प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले विप्लव नेतृत्वको नेकपाबिरुद्ध कार्वाही थाल्नुपर्ने बताए। हत्याहिंसा बढेको बताउँदै उनले भने ‘सँधै यसरी हुन्छ? अब विप्लवलाई कार्वाही गर्नुपर्छ।’सभापति देउवाले ओली सरकारले १ वर्षमा एउटा पनि राम्रो काम गर्न नसकेको दाबी गरे ।

सभापति देउवाले सँगै नुहाउँदैमा पार्टीमा भावनात्मक एकता हुन्छ भनेर आफूले पनि नभनेको बताए। पार्टीकै बरिष्ठ नेता रामचन्द्र पौडेलले म्याग्दीको तातोपानीमा सँगै नुहाएको प्रसंग निकाल्दै सँगै नुहाउँदैमा पार्टीमा भावनात्मक एकता हुँदैन भनेको कुरालाई ईंगित गर्दै देउवाले भने,’मैलेपनि कहाँ भनेको छु र सँगै नुहाउँदैमा पार्टी एकता हुन्छ भनेर?’ कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले आआफ्नो धारणा राख्ने छुट भएको उनको भनाई थियो।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad